कटहरको बोट्मा प्रहरी बिट् संचालनमा (फोटो फिचर)

| साउन २८, २०७९ शनिबार

A A A
A A A

२८ साउन, रामेछाप । मन्थली बजार प्रवेश गर्न मुख्य मार्ग कटहरको बोटमा प्रहरी बिट संचालनमा आएको छ । लामो समयदेखि भवन नहुँदा समस्या हुदै आएको स्थानमा बागमती प्रदेश सरकारको सांसद् विकास कोषबाट जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रिता माझीले बजेट व्यवस्थापन गरिदिएपछि भवन बनेर संचालनमा आएको हो । 


विगतका वर्षमा त्यहाँ प्रहरी बसेको भएपनि भवन जिर्ण भएको र माथिबाट आएको बाढीले समस्या गर्दा त्यहाबाट प्रहरीले आफ्नो सेवा ठप्प गरेको थियो । तर, बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वरमा प्रहरीको आवश्यकता महशुस गर्दै स्थानीयहरु, टोलविकास समिति र मन्थली नगरपालिकाले समेत आवश्यकता पहिचान गरि प्रहरी बिट संचालन गर्न पहल गरेको थियो । सो पहलपछि सांसद् माझीले दुई कोठे भवन निर्माणको लागि आवश्यक १० लाख बजेट प्रदेशबाट व्यवस्थापन गरेपछि निर्माण कार्य सम्पन्न भएको हो । 


बजारको सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न बजार भित्रिने र बाहिरीने सवारीसहितमा प्रहरीको निगरानीको लागि बिट निकै महत्पूर्ण देखिएको छ । 
शनिबार निर्माण सम्पन्न भएको भवनको प्रदेश सांसद् एवं (राप्रपा) कि नेतृ रिता माझी र मन्थली नगरपालिकाकि उपप्रमुख ईश्वरी बस्नेतले संयुक्त रुपमा  उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै सांसद माझीले भ्रष्टचार नगरी विकास गर्ने हो भने, थोरै बजेटले पनि राम्रो काम गर्न सकिने उदाहरणको रुपमा सो प्रहरी बिट निर्माणलाई ब्याख्या गरिन् । उनले प्रदेशबाट आफूले यहाँको विकासको लागि काम गरेको र आफूलाई माग भएका योजनालाई समावेश गर्दा शान्ति, सुरक्षा पहिलो प्राथामिकतामा परेर यो बिट निर्माणको लागि सहयोग गरेको बताइन् । 


त्यस्तै सो भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु श्रेष्ठले भवन राम्रो बनेको तर, त्यसको लागि आवश्यक पर्ने शौचालय र आवत–जावत गर्ने सर्वसाधारणको लागि सार्वजनिक शौचालयको निर्माण गर्नु पर्ने आवश्यकता देखिएको बताए । उनले उक्त निर्माणको लागि बजेट नभएको भन्दै मन्थली नगरपालिका र सांसद् माझीलाई माग सम्बोधन गर्न ध्यानाकर्षण गरे । 
सोही समस्यालाई सम्बोधन गर्दै मन्थली नगरपालिका वडा नं १ मन्थलीका निवर्तमान अध्यक्ष एंव रामेछाप सामुदायिक अस्पतालका संचालक नारायणदाश श्रेष्ठले शौचालय निर्माणको लागि २० बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरे । 


त्यस्तै नगरपालिकाकि उपप्रमुख बस्नेतले पनि आफूले मागलाई सम्बोधन गर्नको लागि नगरपालिकाबाट नसकेको खण्डमा व्यक्तिगत खर्चबाटै भएपनि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् । उनले थोरै बजेटमा पनि राम्रो भवन बनाउन सकेको भन्दै समितिको प्रशंसा गरिन् । उनले ‘यहाँ यति थोरै बजेटमा यस्तो राम्रो काम गरेको छ । तर, म अनुगमनमा जाँदा कडरौंको बजेटमा पनि कामै नलाग्ने काम गरेको देखेकि छु । यो पटक मैले सही गर्दिने भन्न पाइन् नयाँ हुदाँ अब त्यो गल्ती गएकोमा म सही गर्दिन । गलतलाई कडाई गर्ने छु । 

 


भवनको चाबी बुझ्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले यसरी नयाँ संरचनाहरु थपिदाँ आफूहरुको जिम्मेवारी थपिएको अनुभवन हुने बताए । उनले जनमानसबाट आएका सुझावलाई शिरोपर गर्दै आगामी दिनमा शान्ति सुरक्षाको लागि काम गर्ने प्रतिबद्धता जनाए ।