रेड्क्रश निर्वाचनः एकै पार्टीका दुई जनाको सभापतिमा सहित २८ जनाको उम्मेद्वरी दर्ता, सहमन्त्रीमा एक जनाको मात्रै उम्मेद्वरी पर्यो

| साउन २९, २०७९ आइतबार

फाईल तस्विर ।
A A A
A A A

२९ साउन, रामेछाप । नेपाल रेड्क्रस सोशाइटी जिल्ला शाखा रामेछापको सभापतिमा एकै पार्टीका दुई उम्मेद्वारले सभापतिमा उम्मेद्वरी दर्ता गराएका छन् । आज बिहान सभापति सहित २८ जनाको उम्मेद्वारी दर्ता भएको हो । माओवादी केन्द्रबाटै सभापति पदको लागि जयप्रकाश श्रेष्ठ र शिवकुमार कार्की दुई जनाको उम्मेद्वरी दर्ता भएको छ । 


जसमा उपसभापति, मन्त्री, उपमन्त्री, कोषाध्यक्ष, उपकोषाध्यक्ष पदाधिकारीसहित १७ जना निर्वाचित हुने छन् । जसको लागि २८ जनाको उम्मेद्वारी दर्ता गरेका छन् । स्रोतका अनुसार एक जना उपमन्त्रीमा एक जनाको मात्रै उम्मेद्वारी परेको र उनी निर्विरोध भएको स्रोतको दाबी छ । 

अन्तिम नामावली प्रकाशन हेर्नुहोस् 


गत शुक्रबार देखि सुरु भएको शाखाको ११ जिल्ला अधिवेशन एवं जिल्ला सभाले नयाँ नेतृत्वको लागि आज आइतबार बिहान ८ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएकोमा दुई जनाको उम्मेद्वारी दर्ता भएको हो । 


हालका बाहालवाला मन्त्री रहेका जयप्रकाश श्रेष्ठले केही दिन अगाडि पत्रकार भेट्घाट गर्दै सभापतिमा उम्मेद्वरी दिने घोषणा गरेका थिए । भने, अर्का कार्कीले आन्तरिक छलफलबाट सिधै उम्मेद्वरी दर्ता गरेका हुन् । कूल एक सय ८ सभासद्ले मतदान गर्ने रेड्क्रश निर्वाचनमा जित्नको लागि ५३ मत आवश्यक पर्छ । जो पार्टीको भागबण्डमा सिट बाँड्फाड् लगबग निश्चित भएको स्रोतको दाबी छ । सभापतिमा उम्मेद्वरी दर्ता गरेका दुई टीमले आफूलाई सहयोग गरेमा अन्य पदहरु भागबण्ड मिलाएको सभासद्हरु बताउछन् । 

 

यसरी हेर्नेहो भने यहाँ माओवादी केन्द्रको एकल बहुमत छ । जसका कारण नेपाली कांग्रेस र नेकपा एमाले पछि हटिसकेका छन् । उनीहरु माओवादी केन्द्रकै दुई छुट्छुट् उम्मेद्वरलाई जिताउने चलखेलमा लागेका छन् । माओवादी केन्द्रसंग यहाँ एक्लै ६१ जना, कांग्रेससंग १६ मात्रै र नेकपा एमालेसंग कूल २५ जना सभासद् छन् । 


त्यस्तै नेकपा एकिकृत समाजवादी निकट ५ सभासद् रहेका छन् । एकै पार्टीबाट दुई जनाले सभापतिमा उम्मेद्वरी दिएपनि नेकपा माओवादी केन्द्रले भने आफ्नो आधिकारीक उम्मेद्वार श्रेष्ठ भएको स्पष्ट पारेको छ । उनलाई आन्तरिक पार्टीको सहयोग रहेको सभासद्हरु बताउछन् । 


तर, लामो समयदेखि हालका वर्तमान अध्यक्ष समेत रहेका कार्कीलाई जिताउन अघोषित रुपमा गठबन्धन् बनेको छ । कार्कीलाई जिताउन नेपाली कांग्रेस र नेकपा एमालेका सभासद्हरुले बचन दिएको स्रोतको दाबी छ । जसको लागि उनीहरुले सभापति बाहेकका पदमा भागबण्डा समेत सकेको स्रोतको दाबी छ । 


नेकपा माओवादी केन्द्रले सभापति, नेपाली कांग्रेसले उपसभापति,  मन्त्री, सहकोषाध्यक्ष सहित ३ वटा पदाधिकारी, ३ सदस्य सहित ६ जना दिने सहमति गरेको स्रोतको दाबी छ । त्यसको लागि कांग्रेस पार्टीका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ र नेकपा माओवादी केन्द्रका नेता तारानारयण श्रेष्ठले लिखित समहती गरेको कांग्रेसका एक नेताले नाम नखुलाउने शर्तमा रामेछाप टाइम्सलाई बताए । 

पार्टीका बीच लिखित सहमती सहमती भएपनि पार्टीका मतअधिकार भएकाहरुले उक्त निर्णयको पालना नगर्ने बताएका छन् । त्यसको अलबा उपसभापति, कोषाध्यक्ष र २ सदस्य आफू लिने, मन्त्री सहित चार सदस्य सदस्यहरु एमाले दिएर भएपनि शिव कार्की नेतृत्वलाई जिताउने कसरतमा जुटेको स्रोतको दाबी छ । 


त्यस्तै केसी सदस्यहरु नेकपा एकिकृत समाजवादीलाई दिने र कार्कीलाई जिताउनको लागि पहल गर्ने बारेमा पनि छलफल भैरहेको बताइएको छ । 

 

त्यस्तै माओवादी केन्द्रमा पनि पार्टीले हस्ताक्षप गरेको भन्दै बिरोध सुरु भएको छ । पार्टीका केहि ब्यक्तिले हरेक ठाउँमा पार्टीको हित बिपरित ब्यक्तिगत श्वार्थ, जातिगत स्वार्थमा केन्द्रित भन्दै बिरोध सुरु भएको हो । 

 

उता एमाले भने खुलेरै माओवादी केन्द्रक अधिकारीक उमेद्वार श्रेष्ठको विरुद्ध लागेको छ । माओवादीकै अर्का उम्मेद्वर कार्कीको पक्षमा मतदान गर्न एमालेले अघोषित ह्वीपनै जारी गरेको हो ।