रेड्क्रश रामेछापको उपमन्त्रीमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित, अन्य पदको मतदान हुदै

२९ साउन, रामेछाप । नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको उपमन्त्रीमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उनी गोकुलगंगा गाउँपालिका घर भएका माओवादी केन्द्र निकट हुन् ।
आज आइतबार भएको उम्मेद्वरी दर्तामा उपमन्त्रीमा एक जनाको मात्रै उम्मेद्वरी परेर उनी निर्विरोध निर्वाचित भएको बस्नेतले रामेछाप टाइम्सलाई बताए । ‘म, चुनाव लडेको भएपनि जित्ने थिए, निर्विरोध भए बस्नेतले रामेछाप टाइम्ससंग भने ।’
रेड्क्रश रामेछापमा पदाधिकारीसहित २८ जनाको उम्मेद्वरी दर्ता भएकोमा जसमा १७ जना निर्वाचित हुने छन् । अध्यक्षमा माओवादी केन्द्र निकट शिवकुमार कार्की र जयप्रकाश श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् ।
अहिले केही बेरमा रेड्क्रश भवन मन्थलीमा मतदान सुरु हुने तयारी छ । कूल एक सय ८ मतदाता रहेको शाखामा एक सय ५ मत खस्ने आंकलन गरिएको छ ।
रेड्क्रशको ११ औं जिल्ला अधिवेशनले मन्थलीमा चहलपहल बढाएको छ ।