नेपाल रेड्क्रश सोसाइटी रामेछापको सभापतिमा गठबन्धनका शिवकुमार कार्की बियजी (मतपरिणामसहित)

| साउन २९, २०७९ आइतबार

A A A
A A A

२९ साउन, रामेछाप । नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको सभापतिमा शिवकुमार कार्की बियजी भएका छन् । आज भएको मतदानमा अर्का उम्मेद्वर जयप्रकाश श्रेष्ठलाई तीन मतले पछि पार्दै गठबन्धनका उम्मेद्वार कार्की बिजयी भएका हुन् । 

 

शिवकुमार कार्कीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टीका उम्मेद्वारले सहयोग गरेका थिए । 

 

कार्कीले ५३ मत पाएका छन् भने श्रेष्ठले ५० मत पाएका छन् । 


त्यस्तै महिला उपसभापतिमा कल्पना के.सी बोहोरा ५३ मत ल्याएर बिजयी भएका छन् । उनले पार्वती कडरियालाई ५ मतले पछि पारेका हुन् । 

 

त्यस्तै उपसभापतिमा नारायणदास श्रेष्ठ ५५ मत ल्याएर बिजयी भएका छन् । बिरेन्द्र श्रेष्ठ ४५ मत ल्याएर पराजित भएका छन् ।

 

त्यस्तै मन्त्रीमा दुर्गा बहादुर श्रेष्ठ ५४ मत ल्याउदै बिजयी भएका छन् भने ४८ मत पाएर हेमन्त पौडेल पराजित भएका छन् । 

मतपरिणा हेर्नुहोस्