‘डबल नागरिकता’को सिफारिस गर्ने प्रितीका वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

| साउन २९, २०७९ आइतबार

फाईल तस्विर ।
A A A
A A A

२९ साउन, रामेछाप । ‘डबल नागरिकता’को सिफारिसमा नपढी सहि गर्ने वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो घटनामा हालसम्म ४ जना प्रहरीको नियन्त्रणा परेका छन् । 

 

उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीका वडा अध्यक्ष मनबहादुर सुनुवारले वडाबाट पहिलेनै नागतिकताको प्रमाणपत्र लिसकेकी निर्माला बस्नेतलाई बहिनीको ‘डकुमेन्ट’को आधारमा वडा सचिव पदमकुमारी बस्नेले तयार पारिएको डकुमेन्टमा हस्ताक्षर गरेका अध्यक्ष सुनुवार आज प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई बताए । ‘हाम्रो नियन्त्रणमा हुनुहुन्छ, हामी अनुसन्धानमै छौं (डिएसपी) थिङ्ले भने ।’

 

यसअगाडि सो प्रकरणमा वडा सचिव बस्नेत, नाम परिवर्तन गरेर सन्ध्या राखेर नगरिकताको सिफारिस लिने निर्माला बस्नेत, उनकी आमा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

उनीहरुमाथि आज दोस्रो पटक म्याद् थप भएर अनुसन्धान भैरहेको (डिएसपी) थिङ्ले जानकारी दिए ।