रामेछाप कांग्रेस विवाद् झन बढ्दोः असन्तुष्ट समुहले सभापति ‘कान्छाराम’ लाई फेरी लगायो यस्तो आरोप (पत्रसहित)

| साउन ३१, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

३१ साउन, रामेछाप । जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ को कार्यशैली प्रति असन्तुष्ट जनाउदै बर्खास्तीको माग गर्दै असन्तुष्ट बनेका जिल्ला कार्यसमिति सदस्यहरुले पछिल्लो बैठकमा प्रलोभन देखाएर बहुमत पुर्याउने काम गरेको आरोप लगाएका छन् । उनीहरुले सभापति अल्पमतमा रहेको जिकिर गर्दै अल्पमतमा रहेका बेला पटक पटक बैठक डाकेर २० जना मात्रै बैठकमा उपस्थिति भएको अवस्थामा पनि घर घरमा पुगे हस्ताक्षर गर्न लगाएको, प्रलोभनमा पार्ने गरेको, बैठकमा उपस्थित नहुनेहरुलाई उपस्थित् हुन बाध्य पार्ने गरेको आरोप असन्तुष्ट समूहको छ । साथै आगानी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एव संगठनलाई चलायमान गराउन भनी सल्लाह सुझाव दिंदा समेत एकल ढंगले हिडेको हुनाले गम्भीर ध्यानाकर्षण भएको असन्तुष्ट समूहले भनेको छ । 

 

मंगलबार एक विज्ञप्ति जारी गर्दै असन्तुष्ट २६ जना जिल्ला कार्यसमिति सदस्यहरुले गत साउन ३ गतेको बैठकबाट सभापति ‘कान्छाराम’ पूर्णरुपमा अल्पमतमा रहेको पुष्टि भएको, २० जना मात्र स(शरिर उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको देखाएको, विगतमा सर्वसंमतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेको, सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको लेखेका छन् ।’


त्यस्तै पटक(पटक पार्टी सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दा गर्दै पनि केही राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अवैधानिक र अलोकतान्त्रिक तरिकाले सञ्चालन गरेको, चरम स्वेच्छाचारी निर्णय गर्न थालेको, आफू अनुकुल निर्णय गर्नको निम्ति स्थानीय तह निर्वाचनमा विधान बमोजिम संसदिय बोर्ड नै गठन नगरेको, मनोमानी र एकलौटी ढंगले स्थानीय तहको टिकट वितरण गरेको, कार्यपालिका सदस्य तथा जिल्ला समन्वयको टिकट कार्यसमितिको बैठकमा बिना जानकारी आफू निकटस्थलाई वितरण गरेको, स्थानीय तह निर्वाचनमा लिखु तामाकोसी गाउँपालिकाको उपाध्यक्षको टिकट पार्टी सदस्य नै नरहेको नेकपा एमालेबाट ०७४ सालमा निर्वाचित गाउँपालिका प्रमुख गोन्विदबहादुर खड्काकी श्रीमती सरस्वती गुरुङ खड्कालाई आर्थिक चलखेलका कारण दिएको, पार्टी केन्द्रीय नीति, निर्देशन विपरित जिल्लामा गठबन्धन नगरी आफ्ना आसेपासेलाई मनोमानी ढंगले टिकट वितरण गरेको आरोप असन्तुष्ट समूहले भनेका छन्  ।

सम्बन्धित समाचार पढ्नुहोस्

यी हुन् कांग्रेस जिल्ला कार्यसमिति रामेछापले गरेका निर्णयहरु
सभापतिले पदबाट हटाएपछि उपसभापति थोकरले भने ‘प्रा.लि र पार्टी फरक तरिकाले चलाउनु पर्छ, नत्र धेरै दिन टिक्दैनन्’
खाँडादेवीमा पालिका सभापति तेज घिसिङसहित तीन दर्जन बढि कांग्रेस नेता एमाले प्रवेश
सभापति ‘कान्छाराम’ लाई बर्खास्तीको माग गर्दै बहुमत सदस्यको केन्द्रिय कार्यालयमा पत्रः १७ बुँदे यस्ता गम्भीर आरोप (पत्रसहित)
सभापति ‘कान्छाराम’ले भनेः ‘मेरो बर्खास्तीको माग गरेर पार्टीको बद्नाम भयो, छलफलको लागि ढोका खुल्ला छ’ (पत्रसहित)

त्यस्तै महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, जिल्ला कार्य समितिका निर्वाचित सदस्य घन नारायण श्रेष्ठ (घनश्याम) ले दिएको सर्त सहितको लिखित सामुहिक सुझावलाई पदबाट राजिनामा दिएको भनी स्विकृतका लागि युवराज भट्टराईको केन्द्रमा नाम सिफारिस गरेको, घननारायण श्रेष्ठ (घनश्याम) को पद जिल्ला कार्यसमितिको पुर्ण बैठक नबसी अनाधिकृत रुपमा राजिनामा स्वीकृत गरेको, पार्टीको विधिविधान विपरित ‘लेटरप्याड’ प्रयोग नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई कार्बाही गरि केन्द्रीय सभापतिलाई पत्राचार गरेको, विभिन्न नेता कार्यकर्ताहरुलाई गालीगलौज गर्दै राजीनामा माग गरेको र त्यसको परिणाममा उमाकुण्ड गाउँपालिका सभापति हिक्मत सुनुवार र खाँडादेवी गाउँपालिका सभापति तेज घिसिङले गालिगलैच सहन नसकी पार्टी परित्याग गरेको जस्ता अवैधानिक र अलोकतान्त्रिक ढंगले गतिविधि गरि रहेको उल्लेख गरिएको छ । 

विज्ञप्ति हेर्नुहोस्