आफ्नै बुहारीमाथि पटक-पटक जबरजस्ति करणी गरेको आरोपमा कठेत पक्राउ

| भदौ २, २०७९ बिहिबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

२ भदौ, रामेछाप । आफ्नै भतिजी बुहारीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा मन्थलीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हाल मन्थली बसोबास गर्दै आएका रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ घर भएका ४२ वर्षीय पवनकुमार कठेत हुन् । 

 


उनलाई गत बुधबार जिल्ला प्रहरी कार्यालय नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेका हौं । उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको छ । उहाँ फरार हुनुहुन्थ्यो, हामी खोजी रहेका थियौं, डिएसपी थिङ्ले भने ।’  

 


कठेतले आफ्नै भतिजी  बुहारी नाता पर्नेलाई २०७५ सालदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । मन्थलीमा व्यापार व्यवसाय गर्दै आएका र रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका कठेतले आफ्नै नातिनी बुहारीमाथि यौन दूर्व्यवाहर गरेको उजूरी गत साउन १५ गते बुहारी बिनु यादबले दर्ता गरेकी थिइन् । 

 


आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि उनी फरार थिए ।  यसअगाडि कठेतकी नातिनी बुहारी यादव र उनका भतिज प्रदीप कठायतबीच जिल्ला अदालत रामेछापले सम्बन्ध बिच्छेद्को फैसला गरेको थियो । सोही फैसलाको बेला नातिनी बुहारी यादबले जबरजस्ती आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गराएको भन्दै अदालतभित्रै बिष सेवन गरेको यादबले बताएकी छिन् । 

 

बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । 

 

यादवलाई उनका काकाससुरा कठेतले अदालतले ‘आज हाम्रो पक्षमा फैसला हुँदैछ भन्दै आफू एक्लै बसिरहेको कोठामा पसेर जबरजस्ती गरेको र आफू उम्कन सफल भएको उजूरी दिएकी थिइन् । 

आरोपित कठेत र उनका परिवारले भने यो आरोपमा कुनै सत्य नभएको भन्दै आफूमाथि झुटो आरोप लगाएको दाबी गर्दै आएका थिए ।
नोट : यस अगाडी भतिजी बुुहारी हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाईएकाेे छ।