चट्याङ लागेर गुप्तेश्वरमा ५ जना घाइतेः एक महिलाकाेे अवस्था गम्भीर,रेडियो बन्द

| भदौ ३, २०७९ शुक्रबार

A A A
A A A

३ भदौ, रामेछाप  । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन् । भने चट्याङ लागेर उनले पालेकाे एउटा सुङ्गर मरेकाे छ ।

 


बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय  लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे त्यहाँ स्थित रेडियो लिखुका संचारकर्मी मणिराज सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

गम्भीर घाइते भुजेललाई उपचारको लागि सदरमुकाम मन्थली ल्याउने तयारी भैरहेका छ । चट्याङ लागेर अन्य अन्य ४ जना स्थानीयहरु पनि सामान्य घाइते भएका छन् । उनीहरुको अवस्थ सामान्य छ ।

 

त्यस्तै चट्याङ लागेर रेडियो लिखुमा समेत सामान्य क्षेती भएको सुनुवारले बताए । चट्याङकाे तारहरुमा असर परेकाले रेडियो आज बन्द रहेकाे उनले जानकारी दिए ।