प्रशिक्षण र अभिमुखिकरणको लागि मीन विश्वकर्मा र रमेश लेखक रामेछाप आउने

| भदौ ३, २०७९ शुक्रबार

A A A
A A A

 ३ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आयोजना गर्ने प्रशिक्षण र अभिमुखिकरणको लागि कांग्रेस नेताद्वय मीन विश्वकर्मा र रमेश लेखक रामेछाप आउने भएका छन् ।

 

जिल्लामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान र अभिमुखिकरण र प्रशिक्षणको लागि उनीहरु आउने कांग्रेस रामेछापले जनाएको छ । 

 

हिजो बिहिबार बसेको पार्टीको बैठकले यही भदौ १७ शुक्रबार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यतामा पार्टीको तर्फबाट निर्वाचित जन जतिनिधिहरुलाई सम्मान र अभिमुखिकरण निर्णय गरेको पार्टी कार्यालय सविव कृष्णबहादुर बस्नेतले जानकारी दिए । 

 

उनका अनुसार पार्टीले भदौ १८ शनिबार कांग्रेस केन्द्रीय सदस्य, सांसद् एवं पूर्वमन्त्री समेत रहेका मीन विश्वकर्माबाट प्रशिक्षण समेत दिने निर्णय गरेको छ ।

 


प्रशिक्षणमा वडा सभापति, पालिका पदाधिकारी, जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु, प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु, जिल्ला कार्यसमितिका आामन्त्रित सदस्यहरु सहभागी हुने छन् ।