चुचुरे र ठोसेका बढी पीडितलाई रेड्क्रश रामेछापले दियो राहात

| भदौ ४, २०७९ शनिबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको चुचुरे र ठोसेका बाढी पीडितलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले राहात प्रदान गरेको छ । 

 

गत बिहिबार गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेस्थित ‘च्याङवा टोल’मा रहेको फाडु खोलामा अबिरल वर्षासंगै आएको बाढी र सोही पालिकाको वडा नं २ ठोसेको एकामफेदी बाहुन टोलमा आएको लेदो माटोसहित पहिरोले पाँच घर बगाएको थियो । 

 

सो पहिरोबाट पीडित वडा नं २ एकामफेदी बाहुन टोल बस्ने सन्तोष रोक्का र ज्ञानबहादुर रोक्कालाई भाडाभर्तन १–१ सेट, चामल २–२ बोरा, तेल ३–३ लिटर, त्रिपाल १–१ थान, म्याट्रेक्स ४–४ मिटर हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


त्यस्तै रेडक्रको सेट १ थान हस्तान्तरण गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए । 

 

त्यस्तै एकामफेदीकै धनलक्ष्मि गुरागाईलाई भाडाभर्तन १ सेट, चामल २ बोरा, तेल–३ लिटर, त्रिपाल १ थान, म्याट्रेक्स–४ मिटर र रेडक्रको सेट १ थान हस्तान्तरण गरिएको उनले बताए ।