चुचुरेको कोप्चे–घट्टे खोलाको बाढी माछा फर्ममा पस्दा ३५ लाख बढीको क्षेतीः घर गाई बगायो

| भदौ ४, २०७९ शनिबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा बाढीले बिताण्ड मच्चाउन थालेको छ । केही दिन यता लगातार जस्तो बाढीले घर, पशु, गोठ बगाउन थालेको हो । 

बिहिबार मात्रै वडा नं २ ठोसेको एकामफेदीमा बाढीले ५ घर बगाएको थियो । 

 

त्यस्तै सोही पालिकाको वडा नं १ चुचुरेको च्याङवा टोलमा भिषण पहिरो आउँदा अन्दाजी ३५ लाख माथिको क्षेती भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ । 


च्याङ्बा टोलको कोप्चे–घट्टे खोलाको बाढी गौरीशंकर फिसरी रिसर्च एण्ड डेभलभमेण्ट सेन्टर प्रा.लि. का संचालक देबकुमार तामाङको माछा फर्ममा पस्दा सो फर्ममा रहेको साना–ठूलो गरि कूल १७ हजार ४ सय वटा माछा मरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी नीरिक्षक राजुप्रसाद ढकालले जानकारी दिए । 


व्यवसायीक माछा पालन गर्दै आएका तामाङ्को बाढीले माछा फर्ममा क्षेती गर्दा अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । 

त्यस्तै सोही खोलाको बाढी सप्तभुमि रेम्बो ट्राउट माछा प्रा.लि.मा पनि क्षेती पुर्याएको छ । सो फार्मको अन्दाजी आठ सय माछा मर्दा ८ लाख बराबरको क्षेती भएको प्रहरी नीरिक्षक ढकालेले बताए ।  

 

त्यस्तै सोही बाढीसहित पहिरोले सोही ठाउँका ३० वर्षीय राम कुमार बस्नेतको भुकम्प राहतले बनेको २ कोठे घर कटान गरी उच्च जोखिममा परेको छ । त्यस्तै उनको एउटा गाई समेत खोलाले बगाएको छ । 

 

त्यस्तै सोही ठाउँका पदम बहादुर श्रेष्ठको एउटा भन्सा घर पनि पहिरोले बगाएको छ ।