एकिकृत समाजवादी बैठकः देवशंखर र शान्ता पौडेलको नाम संघीय चुनावमा सर्वसहमतिले सिफारिस

| भदौ ४, २०७९ शनिबार

देवशंखर पौडेल ।
A A A
A A A

४ भदौ, रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) रामेछापले आउँदो संघीय चुनावमा लड्ने उम्मेद्वरको नाम टुङ्गो लगाएको छ । साथै गत स्थानीय तहको निर्वाचनको समिक्षा पनि गरेको छ । 

 

आज शनिबार मन्थलीमा बसेको पार्टीको पार्टीको तेस्रो बैठकले मंसिर ४ गते एकै चरणमा हुने प्रदेश र संघीय निर्वाचन मध्ये संघको उम्मेद्वरमा दुई जनाको नाम सिफारिस गरेको पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्की (रवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । संघको लागि दुई जना देवशंकर पौडेल र शान्ता पौडेलको नाम सिफारिस भयो । प्रदेशको केही दिनमा टुङ्गो लाग्ने छ, कार्कीले भने ।’ उनीहरु एक पुरुष र एक महिला सिट समानुपातिक या खुल्ला दुबैको लागि सिफारिस् भएको कार्कीले बताए  । 

 

त्यस्तै पार्टीका सचिव लालसिंह घिसिङ्ले अर्का एक पनि जिल्लाबाट सिफारिस भएको रामेछाप टाइम्सलाई बताए । उनले पार्टी पोलिट्ब्यूरो सदस्य होम बुढाथोकीलाई पनि उम्मेद्वर सिफारिस गरेको जानकारी दिए । योसंगै (एस) रामेछापबाट तीन जनाको नाम सिफारिस भएको छ । 

 

आज पार्टी उपमहासचिब प्रकाश ज्वाला सहितको उपस्थितिमा बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । एकिकृत समाजवादी पार्टीले केही दिन अगाडि जिल्ला कमिटीलाई सम्भावित उम्मेद्वारको नाम पठाउन भनेको थियो । 

 

जिल्ला पार्टी ईन्चार्ज एवं पार्टी केन्द्रिय पोलिट्ब्यूरो सदस्य समेत रहेका देवशंखर पौडेल जिल्लाका पुराना नेता हुन् । उनी पूर्व साभासद् हुन् । पौडेल जनता सामूपनि परिचित छन् ।