माथिल्लो तामाकोशीमा टाउको नभएको अवस्थामा शव भेटियोः रामेछापका रमेश बस्नेतको शव हुन सक्ने आशंका

| भदौ ५, २०७९ आइतबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

५ भदौ, रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्यामसाइड्मा एउटा सडेगलेको अवस्थामा शव भेटिएको छ । 

 

गत साउन २२ गते बोटिङ् गर्ने क्रममा बेपत्ता भएका रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साविकको वडा नं ५ बाल्दिङ्का २८ वर्षीय रमेश बस्नेत बेपत्ता भएपछि उनको खोजीको लागि खटिएको विज्ञसहितको गोताखोरको टोलीले आइतबार एउटा शब सडेगलेको अवस्थामा भेटिएको सशस्त्र बल १८ नं गुल्मका (डिएसपी) सुरजकुमार कार्कीले जानकारी दिए । ‘एउटा शब भेटिएको छ, तर कसको हो भन्ने एकिन हुन सकेको छैन् । शब पूरै सडेगलेको अवस्थामा छ उनले भने ।’ 

 

उनका अनुसार भेटिएको शबको टाउको छैन्, शरिरका भागहरु पनि आधा आधिमात्रै छ । सो शवको पोष्टमाटमको लागि दोलखाको पशुपति चौलागाई अस्पताल चरिकोट् ल्याइएको उनले बताए । 

यो पनि पढ्नुहोस् 
तामाकोशी नदीमा युवक बेपत्ता घटना प्रकरणः कम्पनीले ज्ञान र अनुभव नभएको कामदारलाई जबरजस्ती गरेको भन्दै पीडित पक्ष आक्रोशित,आन्दोल गर्ने
दोलखाको तामाकोशी जलविद्युत आयोजनाको ड्याममा बेपत्ता रामेछाप गुम्देलका बस्नेतको ज्यान गयो
तामाकोशी जलविद्युत आयोजनामा बोटिङ् गरेर तर्ने क्रममा गुम्देलका रमेश बस्नेत बेपत्ता

यसअगाडि रमेशको खोजीको लागि पुगेको गोताखोरको टोली रितो हात फिर्ता भएको थियो । रमेशको घरमा उनको निधन भएको आशंकामा जलविधुत निर्माण कम्पनीले आर्थिक राहात प्रदान गर्ने प्रतिबद्धता जनाएपछि उनको दाहाशंस्कार गरि सकिएको छ ।