मच्छेडाँडीमा ओटो पल्टिदाँ श्रीमान श्रीमती सामान्य घाइते

| भदौ ६, २०७९ सोमबार

A A A
A A A

६ भदौ, रामेछाप । रामेछापको मन्थली स्थित मच्छेडांडी नजिकै अटो दुर्घटनामा परेको छ । ओरालोमा ब्रेक फेल भएर भएको दुर्घटनामा मानवीय क्षती भने भएको छैन् । 

 

आज सोमबार मन्थली नगरपालिका वडा नं ५ सुनारपानी र सोही नगरपालिकाको वडा नं १ मन्थलीको सिमानामा पर्ने मच्छेडाँडीबाट अन्दाजी डेढ किलोमिटर माथि ओटो पल्टिको दुर्घटना स्थलबाट जगदिश्वर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा सोही ओटोका चालक शम्भुकुमार रम्तेल र उनीकी श्रीमती मैयाँ रम्तेल सामान्य घाइते भएका छन् । उनीहरु चालक श्रीमानको बायाँ पट्टीको कानमा चोट लगेको छ, भने श्रीमतीको हात र खुट्टा चोट लागेको छ । 

 

अटो सडकबाट करिब ५ मिटर तल खसेको छ ।