रामेछापमा निजामती कर्मचारीहरु आन्दोलीत  (भिडिओसहित)

| भदौ ७, २०७९ मंगलबार

A A A
A A A

७ भदौ, रामेछाप । रामेछापमा निजामती कर्मचारीहरु आन्दोलीत भएका छन् । आज मंगलबार विभिन्न कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा खबरदारी गरेका छन् । ११ बुँदे माग उल्लेखित कालो ब्यानरसहित प्रशासन पुगेका उनीहरुले सरकारले आफूहरुलाई विभिन्न वहानामा पीडित बनाएको बताए ।

 

उनीहरुले तीनै तहमा यो आन्दोलन गरिरहेको बताएका छन् । कर्मचारीहरुले आन्दोलन स्वरुप कालो ब्यानर सबै सरकारी कार्यालयमा राखेका छन् । साथै कालो पट्टी लगाएर काम गर्ने आन्दोलनरत कर्मचारीहरुले बताए । त्यस्तै पेन डाउन गर्ने समेत उनीहरुको चेतावनी छ । 


आन्दोलनमा बोल्दै निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष दामोदर सुबेदीले विभिन्न चरणको आन्दोलन सार्वजनिक भएको जानकारी दिँदै यसमा आफ्ना मागहरु सम्बोधन गर्ने जोड् दिए । अध्यक्ष सुवेदीले आउँदो भदौ १७ गतेसम्म दोस्रो चरणको आन्दोलन रहेको भन्दै माग सम्बोधन नभएमा तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए ।

 

उनले तीनै तहको सरकारले कर्मचारी टेड्युनियनहरुलाई व्यवस्था गरेर कर्मचारीलाई टुक्रयाउने काम गरेको आरोप लगाए । उनले बढुवा घटुवा हुँदा सबैको समान तरिकाले हुनु पर्ने बताए । 

तस्विरहरु हेर्नुहोस्