किन बचाउ गर्यो मन्थली नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पौडेलको अख्तियारमा उजुरी पर्दा पनि ?

| भदौ ८, २०७९ बुधबार

लिलाराज पौडेल, फाइल फोटो ।
A A A
A A A

८ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि पनि उनकै बचाउमा उत्रिएको छ । मंगलबार एक ध्यानाकार्षण पत्र जारी गर्दै नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत पौडेलको बचाउ गर्दै भनेको छ 'भ्रामक कपोकल्पित र निजी स्वार्थ प्रेरित’ भएको भन्दै बचाउ गरेको हो । 

 

तर, पौडेल बिरुद्ध आयोगमा दर्ता भएको सी-००२७४३ नम्बरको उजुरी अनुसार पौडेलले नगरपालिकाभित्र निर्माणाधीन सड्क, भवन र मन्दिर भवनबाट उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कमिसन लिने गरेको आरोप छ ।

 

त्यस्तै नगरपालिकाको गाडी मर्मत र इन्धन शीर्षकमा पनि उनले नक्कली बिल बनाउने र फर्निचर र स्टेशनरी खरिदमा पनि अनियमितता गरेको उजुरीकर्ताले दाबी गरेका छन् । मन्थली माध्यमिक विद्यालयसँग मिलेर पौडेलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट मासिक शुल्कको नाममा रकम असुल गरेर निःशुल्क पढ्न पाउने विद्यार्थीको अधिकार हनन गरेर कमिसन लिने गरेको उजुरीमा उल्लेख छ । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ ।  

 

पौडेलले बिरुद्ध पछिल्लो समय अनियमितता गर्ने गरेका विभिन्न समाचारहरु पनि सार्वजनिक भैरहेको अवस्था हो । 

 

उनी बिरुद्ध परेको उजुरीमा नगरपालिकाबाट मन्थली माध्यमिक विद्यालयको नाममा वर्षेनी करोडौँ रुपैयाँ विनियोजन गरी बिना टेन्डर विद्यालय व्यवस्थापन समितिबाट खर्च गराएर भवन निर्माणको नाममा लाखौँ रुपैयाँ कमिसन लिने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

 

त्यस्तै, पटक–पटक एउटै कृषि फार्मको नाममा बजेट विनियोजन गरेर कमिसन लिने गरेको, २ वर्षदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उनले राज्यको ढुकुटीलाई दुरुपयोग गरी गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरीकर्ताले सम्पत्ति शुद्धीकरण गर्न समेत माग गरेका छन् ।

 

यसै विषयमा रामेछाप टाइम्सले प्रमुख प्रशासकिय अधिकृत पौडेलसंग बुझ्दा आफू बिरुद्ध मात्रै उजुरी परेको बारे हालसम्म सम्बन्धित निकायबाट कुनै जानकारी नआएको बताए । उनले भने ‘बाहिर-बाहिर कुरा सुनेको छु । समाचारहरु हेरेको छु, तर सम्बन्धित निकायबाट कुनै जानकारी आएको छैन् । आएमा म जवाफ दिन तयार छु पौडेलले भने ।’ पौडेलले आख्तियार दुरुपयोग आयोगबाट नगरपालिकालाई केही स्पष्टिकरण सोधेकाले त्यसको जवाफ भने दिइ सकेको उनले बताए । पौडेलले उजुरी कानूनी रुपमा अगाडि बढ्ने कुरा भएकाले त्यसको लागि सघाउने बताए । 

 

यता मन्थली नरपालिकाले भने उजूरी परेपछि समाचारहरु सार्वजनिक हुदाँ उक्त समाचारहरु ब्यक्ति झुटो भएको भन्दै यसमा प्रमुख प्रशासकिय अधिकृत पौडेलको संलग्नता नरहेको भन्दै बचाउ गरेको छ । स्रोत प्रशासन अनलाईन ।