१७ दिनपछि मृत अवस्थामा भेटिए गुम्देलका बस्नेत

| भदौ ८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

८ भदौ, रामेछाप । १७ दिनदेखि माथिल्लो तामाकोशीमा बेपत्ता रामेछाप गुम्देलका रमेश बस्नेतको शव भेटिएको छ । 

 

दोलखाको बिगु गाउँपालिका वडा नं १ लामाबगरस्थित दुगड कम्पनीले निर्माण गरिरहेको जलविद्युत आयोजनाको कामदार बस्नेत डुंगा पल्टिँदा बेपत्ता भएका थिए । 

 

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साविकको वडा नं ५ बाल्दिङ् घर भएका बस्नेत गत साउन २३ गते आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित डुङ्गामा कार्यस्थल तर्फ जादै गर्दा डुङ्गा  पल्टिएर बेपत्ता भएका थिए । उनको खोजी हुदै आएको थियो ।

 

लामो समयदेखि खोजी गर्दै आएका उनको बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव बस्नेतको शब भेटिएको हो । 

 

बस्नेत घरका जेठो छोरा हुन् । उनी १७ दिनदेखि बेपत्ता भएपछि उनको घरमा उनको अन्तिम दाहासंस्कार गरि सकिएको छ । उनले काम गर्ने कम्पनीले आर्थिक राहात रकम प्रदान गर्ने समहती पछि उनको दाहासंस्कार गरिएको उनको परिवारक स्रोतले जनायो ।