मन्थली नगरपालिकाले लाखौं खर्चेर बनाएको संरचनामाथि ब्यक्तिको डोजर चल्योः ‘मेयर भन्छन् मलाई जानकारी छैन्’

| भदौ १०, २०७९ शुक्रबार

A A A
A A A

१० भदौ, रामेछाप । देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा सार्वजनिक जग्गा हडपेर बनाएका संरचनामाथि बनेका निजी घर÷टहराहरु धमाधम हटाएर सम्पतीको रक्षा भैरहेको बेला रामेछापको मन्थलीमा भने सार्वजनिक सम्पतीमाथि ब्यकतिको डोजर चलेको छ ।  नेकपा (एमाले) रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले मन्थली नगरपालिकाको संरचना नगरपालिकालाई बिना जानकारी भत्काएका छन् । मन्थली नगरपालिकाको कार्यालय अगाडि रहेको नगरको पार्क र प्रतिक्षालयसंगै जोडिएको अध्यक्ष श्रेष्ठको निजी जग्गामा घर बनाउनको लागि उनले आफ्नो संरचना हटाउदाँ नगरले लाखौं खर्चेर बनाएको ‘वाल’ भत्काएका हुन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा कूल १८ लाख लागतमा निर्माण गरेको ‘मनोमोहन पार्क’ संगैको ‘वाल’ भत्काएपछि स्थानीय जानकारहरु पद र पहुँच आधारमा श्रेष्ठले यस्तो गरेको भन्दै आलोचना सुरु भएको छ । नगरपालिकाकै गेट अगाडि श्रेष्ठले नगरलाईनै थाहै नदि ‘वाल’ भत्काएको नगरपालिकाका प्रमुख लब श्रेष्ठले रामेछाप टाइम्ससंग बताए । मेयर श्रेष्ठले भने ‘मलाई व्यक्तिगत जानकारी छैन् । नगरको प्राविधिक शाखा तिर भए सोधेको छैन ।’ 


मेयर श्रेष्ठले थपे आनन्दजि आज मन्थलीमा हुनुहुन थियो । मन्थली बाहिर हुनुहुन्छ, भन्ने जानकारीमा आएको छ । उहाँलाई बोलाएर यसबारेमा सोध्ने हाम्रो छलफल भएको छ, भने । मेयर श्रेष्ठ पनि एमालेबाटै निर्वाचित् भएका हुन् । कतिपएले भने मेयर श्रेष्ठ र एमाले अध्यक्ष श्रेष्ठको मिलोमतोमै भत्काएको हुनसक्ने आशंका ब्यक्त गरेका छन्, भने स्रोतका अनुसार मेयर श्रेष्ठलाई आनन्द श्रेष्ठले कुनै जानकारी नगराइ नगरको संरचना भत्काएकोमा मेयर अध्यक्ष आनन्द श्रेष्ठसंग आक्रोशित् भएका छन् । 

 

यसैबीच नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पनि रामेछाप टाइम्सले दिउँसो २ बजे यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘यसबारेमा मलाई कुनै विषय थाहा छैन्, मेयरसाबलाई र हाकिमसाबलाई छ कि ? उनले भने ।’

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बिहिबारै सांझ ५ ३० बजेको समयमा रामेछाप टाइम्सले सोही विषयमा के हो ? भनि बुझ्दा मलाई यो विषयमा जानकारी छैन्, भत्काएको भन्ने कुरा आएको छ, यसै विषयमा हामी सांझ मेयरसाबसहित छलफल गर्दैछौं । त्यसपछि जानकारी गरौंला भनेका थिए । त्यसपछि पटक–पटक पौडेललाई टेलिफोन गर्दा पौडेलको फोन ‘अफ’ बताउछ । उनी सम्पर्कमा आएका छैनन् । 

 

यसैबीच नगरपालिकाका निर्वतमान मेयर रमेश बस्नेतले भने नगरको संरचना भत्काएकोमा गम्भीर आपत्तिसहित आक्रोश पोखेका छन् । नगरको मेयर हुदाँ उनैको कार्यकालमा बनेको नगरको संरचनामाथि एक पार्टीको जिम्मेवार ब्यक्तिले सार्वजनिक सम्पतीमाथि जेगरेपनि हुन्छ भन्नु पद र सत्ताकाको दूरुपयोग गरेको जिकिर गर्छन् । एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले भने ५ लाखको ‘वाल’, १३ लाखमा ‘मनोमहन पार्क’ बनाएको हो । तत्कालिन समयमा पार्क बनाउँदा पनि ३ फिट जग्गामा विभिन्न बिरुवा भएका कारण छोडिएको छ । प्राविधिकहरुको सल्लामै रुखका बिरुवा रोपिएको थियो ।  ती बिरुवाहरु सबै मासिएका छन् । त्यसमा नगरले रोपेका बिरुवा र संरचना आज ब्यक्तिले आफ्नो स्वार्थको लागि भत्काउँदा कोई बोलेनन् । नगर पनि बोलेन, सबै अन्दो भए । यसरी कोई नबोल्नुको मुख्य कारण भनेको नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र मेयर लब श्रेष्ठ हुन् भने । 

 

उनले जिकिर गर्दै भने ‘आजको दिनसम्म आनन्दलाई संरचना भत्काउन दिने कुनै छलफल, अभिलेख छैन्, तर भोली विगतकै मितिमा त्यो काम हुन, सक्छ भने । उनले थपे यसैपनि नगरपालिका एमालेको एकलौटी छ, भोलीका दिनमा विगतकै मितिमा कागजी प्रक्रिया पुर्याउन सक्छन् । आजसम्म कुनै अभिलेख त्यस बारेमा अभिलेख छैन्, भन्दै त्यस्तो हुन सक्छ भने ।’
निवर्तमान मेयर बस्नेतले सार्वजनिक नगरको जग्गा ब्यक्तिको नाममा पार्न यो राजनीतिक खेल सुरु भएको आरोप लगाए । ‘यो खेल सार्वजनिक जग्गा ब्यक्तिको नाममा पार्न राजनीतिक, सत्ता र पदिय पहुँचको आधारमा खेलिए हो, बस्नेतले भने ।’ 

भत्काउनु अघिको संरचनाहरु 

यसैबिषयमा रामेछाप टाइम्सले नागरिक समूहका रत्न कंडेललेसंग बुझ्दा सार्वजनिक सम्पतीमा बिना जानकारी भत्काउन, दुरुपयोग गर्ने अधिकार नभएको बताए । उनले भने ‘कुनै पनि सार्वजनिक सम्पतीमा बिना जानकारी त्यस्तो गर्न पाइदैन् ।’ उनले आनन्द श्रेष्ठसंग पनि आफ्नो कुरा भएको रामेछाप टाइम्सलाई सुनाउदै यो ब्यवहारीक कारणले त्यस्तो हुने पुगेको सुनाए ।

 

यसैबिषयमा श्रेष्ठसंग रामेछाप टाइम्सले बुझ्दा बिहिबारै नगरपालिकाको प्रशासनलाई जानकारी दिएको बताउछन् । उनी यो विषय ठूलो नभएको दाबी गर्दै बाहिर ल्याउनु पर्ने विषयनै हैन् भन्दै मैले नगरपालिकालाई जानकारी गराइ सकेको छु भने । उनले भने कतिपए ब्यवाहिरक कुरा रहन्छन्, मेरो पछि धेरै लागेका छन्, योसिंगो एमालेलाई कम्जोर पार्न खोजिदै छ । मैले नगरपालिकालाई बिहानै जानकारी गराएको छु श्रेष्ठ भन्छन् । तर, सोही दिनको राति ८ बजे नगरका मेयर श्रेष्ठले भने मलाई जानकारी छैन् भने ।

भिडिओ हेर्नुहोस्

 

अध्यक्ष श्रेष्ठले घरको जग खन्नको लागि भत्किएको 'वाल' काम सकेपछि त्यस्तै बनाउइदिने समहतीमै भत्काइएको बताए । उनले ब्यक्तिको जग्गामा सार्वजनिक जग्गाले पेलेर माथिवाल बनाउदा पनि समस्या भएको भन्दै अब आफ्नो काम सकेपछि जस्ताको तस्तै बनाइदिने बताउछन् । अध्यक्ष श्रेष्ठले मैले बिहानै कुरा गरेको छु । चिठी दिएको छु अनि भत्काइएको हो । भने तर, मेयर श्रेष्ठले ८ बजे रातिसम्म त मलाई कुनै जानकारी छैन भने । सोही कुरा अध्यक्ष श्रेष्ठलाई रामेछाप टाइम्सले सुनाउदाँ उहाँले थाहा पाउनु भएन होला भने ।’  यसरी मेयर लब र एमाले अध्यक्ष श्रेष्ठबीच भत्किएको संरचनालाई लिएर कुरा बाजिको प्रष्ट भएको छ । 

सामाजिक संजालमा भिडिओ ।