रामेछापमा आजदेखि सात दिन लकडाउन् : सबै यातायातका साधन बन्द,पसल तीन घण्टा मात्रै खुल्ने

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो : मन्थली बजार
A A A
A A A

२० बैशाख, रामेछाप । रामेछापमा आजदेखि लकडाउन अर्थात् निषेधाज्ञा लागू हुने भएको छ । आज मध्यरात १२ बजे देखी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यलय रामेछापले निर्णय गरेको छ ।

 

कोरोना महामारी फैलिदै गएपछि संक्रमणको उच्च जोखिम रहेका ठाउँमा आजदेखि निश्चित क्षेत्रमा निषेधाज्ञा लागू हुने भएको हो । 

 

महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लाको अवस्था भयवहाक बन्ने स्थिति भएको निष्कर्शसहित आजदेखि उच्च जोखिममा रहेका क्षेत्रहरु बन्द हुने छन् । 

 


आइतबार जिल्ला प्रशासनमा बसेको कोरोना ब्यवस्थापन समिति (डिसिसिएमसी)  को बैठकले मन्थली नगरपालिकाको वडा नं १ को मन्थली बजार क्षेत्र, २ को करम्बोट, ३ को ठूली मदौ,६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासीपोखरीका क्षेत्रहरुमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । 

 

त्यस्तै गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बरमा निषेधाज्ञा लागू हुने छ । आजदेखि लागू हुने बन्दाबन्दी आगामी २७ गते राति १२ः०० बजेसम्मका लागू हुने जिल्ला प्रशासनले जारी गरेको निर्णयमा उल्लेख छ ।

यी काम गर्न पाइदैनन् 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार