कांग्रेस रामेछापले डाक्यो बैठकः प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु टुङ्गो लगाउने मुख्य ऐजेण्डा

| भदौ १५, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

१५ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जिल्लाबाट प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवारहरुको टुङ्गो लगाउनको लागि बैठक डाकेको छ । 

 

पार्टी सचिव दीपक खड्काले एक पत्र जारी गर्दै शनिबार जिल्लाबाट सिफारिस गर्ने उम्मेद्वारहरुको टुङ्गो लगाउनु पर्ने भन्दै बैठक आह्वन गरेका छन् । कांग्रेसले यसअगाडिनै केन्द्रिय कार्यसमिति र वागमती प्रदेश कार्यसमितिमा सिफारिस मिति तोकेरै उम्मेदवर सिफारिस गर्ने निर्देशन दिइ सकेको छ । 

 

पार्टी कार्यालय बीपी स्मृती भवन मन्थलीमा अपरान्ह् ४ बजे बस्नेत बैठकमा पार्टी पदाधिकारी, जिल्ला कार्यसमिति, संघिय महाधिवेशन प्रतिनिधि,  सदस्यहरु र बागमती प्रदेश अधिवेशन सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

 


लामो समयदेखि आन्तरिक विवाद्मा परेर विभिन्न वैठकहरु अघोषित रुपमा बहिस्कार हुदै आएको थियो । गत शनिबार बसेको पार्टीको पछिल्लो बैठकमा विवाद् समाधान भएसंगै आन्तरिक छलफल, बैठक र निर्वाचनको तयारीमा जुटेका छन् । साथै सबै पालिका पालिकामा जनतासंग ‘नेपाली कांग्रेस राष्ट्रिय अभियान’ गर्ने मिति पनि तोकिएको छ । 

पत्रहेर्नुहोस्