राष्ट्रिय स्वतन्त्र पार्टीको आमभेला आजः रवी लामेछानेसहितले मन्थलीमा सम्बोधन गर्ने

| भदौ १६, २०७९ बिहिबार

A A A
A A A

१६ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामेछानेसहितको केन्द्रिय टोली आज रामेछाप आउने भएको छ । सो पार्टीले जिल्लामा संगठन विस्तार गर्ने छ । 

 

देशका विभिन्न जिल्ला, प्रदेशमा संगठन विस्तारमा तिब्र गतिमा अगाडि बढेको सो पार्टीले आज सदरमुकाम मन्थली स्थित सामुदायिक हलमा बिहान ११ बजे देखि करिब २ बजेसम्म प्रथम जिल्ला भेला तथा संगठन विस्तार गर्न लागेको सो भेलाको लागि तयारीमा जुटेका रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । १२ ः ३० देखि तय भएको कार्यक्रम पनि अगाडि सारेको छ । 

 

‘अहिले सम्म यीनै मानिस समितिमा बस्ने भन्ने टुङ्गो लागेको छैन्, सार्वजनिक आह्वन हो । जिल्लाभरी हामीले सूचना र प्रचारपसार गरेका छौं, भेलालेनै समितिको जिम्मेवारी प्रदान गर्ने छ रायमाझीले भने ।’

 

सो पार्टीले जिल्लामा प्रचारप्रसार तिब्र पारेको छ । हिजो बुधबार दोलखा जिल्ला संगठन विस्तार तथा भेला गरेको रा.स्व.पा. ले आज बिहिबार रामेछापमा आफ्नो संगठन विस्तार गरेर आजै सिन्धुलीमा पनि संगठन बनाउने रायमाझीले जानकारी गराए ।