माओवादीबाट प्रदेश ‘क’ मा ‘बिगुल’ र ‘ख’ मा प्रसाईको नाम सर्वसहमतीले सिफारिस, संघमा ‘कुशल’ कै

१८ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी) केन्द्र रामेछापले दुई प्रदेश सभाका उम्मेद्वार टुङ्गो लगाएको छ । आज शनिबार बसेको पार्टीको मन्थली नगर कमिटी बैठकले प्रदेश ‘क’ मा तारानाराण श्रेष्ठ ‘बिगुल’ र प्रदेश ‘ख’ मा दीपक प्रसाईलाई सर्वसहमतीले उम्मेद्वार सिफारिस गरेको प्रसाईले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने कम्रेड् बिगुल र मेरो नाम सर्वसहमतीले सिफारिस गरेको छ ।’
श्रेष्ठ हाल पार्टीको सचिव एवं बागमती प्रदेश सदस्य हुन्, भने प्रसाई मन्थली नगर कमिटीको वरिष्ठ उपाध्यक्ष हुन् । प्रसाई गत स्थानीय निर्वाचनमा मन्थली नगरपालिकामा पार्टीको तर्फबाट ‘मेयर’ को उम्मेद्वार समेत हुन् । नगरको अधिकांश भुगोल ‘ख’ मा पर्छ । गठबन्धन नै भयो भने पनि मैले जित्ने निश्चित् छ, प्रशाईले जिकिर गरे ।’
त्यस्तै नगरको बैठकले आउँदो निर्वाचनमा संघको लागि नगरको तर्फबाट श्यामकुमार श्रेष्ठ ‘कुशल’ लाई एकल उम्मेद्वर सिफारिस गरेको छ । उनी हाल पनि संघीय सांसद् हुन् ।
जिल्ला कमिटीले भने संघमा युवराज चौलागाई, सिर्जना गौतम ‘सुनिता’ लाई प्रत्यक्ष तर्फ सिफारिस गरेको प्रसाईले जानकारी दिए । त्यस्तै समानुपाति तर्फ उद्ब रम्तेल र श्रीबहादुर माझी,
प्रदेश ‘क’ को लागि सिफारिस भएका छन् ।
त्यस्तै पार्टीको नगरप्रमुखका सल्लाहकार प्रमुख रहेका जगतबहादुर तामाङ, नगर उपाध्यक्ष समेत रहेका भक्तबहादुर बलमीमगर समानुपातिकको लागि सिफारिस भएका छन् ।
त्यस्तै प्रदेश ‘ख’ को लागि समानुपातिक तर्फ अपिल माझी, शंकर बोहोरा र कपिल गिरी सिफारिस भएका छन् । जसमा बोहोरा नगर ईन्चार्ज एवं प्रदेश सदस्य हुन् भने गिरि नगर कमिटी सदस्य हुन् ।
त्यस्तै महिला तर्फ मञ्जु माझी र कल्पना केसीको नाम सिफारिस भएको छ । जसमा माझी नगरकमिटी सदस्य हुन्, भने केसी नगर सदस्य हुन् ।