गुम्देलबाट दुई दिनदेखि सुत्केरी बेथाले थलिएकी तामाङको उद्दारः हेलिकप्टरमा काठमाडौं लगियो

| भदौ २०, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२० भदौ, रामेछाप । दुई दिनदेखि सुत्केरी बेथाले थलिएकी गुम्देलकी एक  महिलाको उद्दार गरिएको छ । 

 

शनिबारदेखि सुत्केरी बेथा लागेर थलापरेकी उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल साविकको वडा नं ७ च्याउके निवासी आन्दाजी ३५÷३६ वर्षीय ज्ञानुमायाँ तामाङको सोमबार आज उद्दार गरिएको हो । 

 

दुई दिनदेखि लगातार सुत्केरी बेथा लागेकी उनको सोही वडामा रहेको स्वास्थ्य चौकीमा लगेर उपचार गरिएपनि बच्चा नजन्मिएपछि उनलाई राष्ट्पति महिला उद्दार कार्यक्रम अन्तर्गत पहल गरि उद्दार गरिएको हो । 

 

सडक मार्गमार्फ लैजाँदा थप समस्या हुने र सकड पनि राम्रो नभएको हुदाँ हेलिपक्टर मगाइएको हो । सोमबार बिहान करिब ११ बजे उद्दार  गरिएको तामाङलाई अहिले थापाथली अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको उनकी नन्दा संगिता तामाङ्ले बताइन् । ‘अवस्था सामान्य छ, नर्मल हुन्छ भनेका छन् डाक्टरहरुको भनाई उदृत् गर्दै उनले बताइन् ।’