एमाले रामेछापः संघमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वार ५–५ जना, यस्तो छ उम्मेद्वरको राजनीतिक यात्र ?

२१ रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) रामेछापले संघीय र प्रदेश सभा सदस्य सिफारिस गरेको छ । आइतबार र सोमबार बसेको पाचौं पूर्ण बैठकले संघमा खुल्ला तर्फ ५ जना र समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरेको पार्टी उपसचिव एवं प्रचार प्रकाशन प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रत्यक्ष तर्फ संघमा कमलप्रसाद चौलागाई, कैलाश ढुङ्गेल, माधव ढुङ्गेल, रत्नप्रसाद गौतम र केशरबहादुर बुढाथोकी रहेका छन् । जसमा चौलागाई पूर्वमन्त्री, सांसद्, पार्टीका पूराना नेता हुन् । उनी हाल पार्टीको सहकारी विभाग प्रमुख हुन् । त्यस्तै कैलाश ढुङ्गेल पार्टीका केन्द्रिय सदस्य,जिल्ला ईन्चार्ज, बागमती प्रदेशका निवर्तमान् आर्थिक मामिला तथा योजनामन्त्री हुन् । उनी ओलीका विश्वास पात्र पनि मानिन्छन् ।
त्यस्तै माधव ढुङ्गेल राष्ट्रिय युवा परिषद्का कार्याकारी उपाध्यक्ष बनि सकेका छन् । उनी युवा नेता मानिन्छन् । ढुङ्गेल पछिल्लो समय युवा संघ, (अनेरास्ववियु) मा लामो समयदेखि आबद्ध युवाहरुका सारथी जस्तै मानिन्छ्न् । कैलाश र माधव नाताले १३ दिने दाजुभाई हुन् ।
गौतम पार्टीमा सक्रिय बागमती प्रदेश कमिटी सदस्य हुन् । उनी एक सफल ब्यवसायी पनि हुन् । त्यस्तै बुढाथोकी पार्टीका सक्रिय नेता हुन् ।
त्यस्तै उपसचिव कार्कीका अनुसार समानुपातिकमा गीता कार्की, कलप्रकाश सुनुवार, नामगेल शेर्पा, घनश्याम सार्की र यसिमा महतको नाम सिफासिर गरिएको छ । सामानुपातिकमा पर्ने कार्की केन्द्रिय सदस्य हुन् । त्यस्तै शेर्पा पार्टी निकट जनजाती संस्थाको जिल्ला अध्यक्ष हुन् । त्यस्तै सार्की पनि पार्टीका पूराना सक्रिया नेता हुन् भने महत पत्रकारीत गरिन्छन् ।