पत्रकार महत बनिन् एमालेबाट समानुपातिक संघीय सांसद् उम्मेद्वर

२० भदौ, रामेछाप । पत्रकार यसिमा महतको नाम नेकपा (एमाले) रामेछापबाट समानुपातिक तर्फ संघीय सांसद्को उम्मेद्वारमा सिफारिस भएको छ ।
आइतबार र सोमबार बसेको पाँचौं जिल्ला कमिटी बैठकले संघमा प्रत्यक्ष र समानुपातिकमा ५–५ जनाको नाम सिफारिस गर्दा महतको नाम पनि सिफारिस गरिएको छ । पत्रकारीता गर्दै आएकी महत पछिल्लो समय काठमाडौंमा रहेर जनता टाइम्स अनलाईनकी कार्यकारी सम्पादक भएर काम गर्दै आएकी छिन् ।
उनी पार्टीको पछिल्लो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित् भएकी थिइन् । उनी पत्रकार महासंघकी सदस्य हुन् । पत्रकारीता गर्दै आएकी मतहले पेशाबाट राजीनामा नदिई खुल्ला राजनीतिमा होमिएकी हुन् ।
एमाले रामेछापले संघमा महतसंगै गीता कार्की, कलप्रकाश सुनुवार, नामगेल शेर्पा र घनश्याम सार्कीको नाम समानुपातिकमा सिफारिस भएको छ । त्यस्तै प्रत्यक्षमा कमलप्रसाद चौलागाई, कैलाश ढुङ्गेल, माधव ढुङ्गेल, रत्नप्रसाद गौतम र केशरबहादुर बुढाथोकी सिफारिस गरिएको पार्टी उपसचिव एवं प्रचार तथा प्रकाशन प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।