मन्थली अस्पतालमा चार जनामा डेंगी पुष्टि

| भदौ २१, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ भदौ, रामेछाप । दुई जिल्ला बाहेक सबै जिल्लामा भैलिएको जापनीज् ईन्सेफ्लाइटिस् अर्थात ‘डेंगी’ संक्रमित रामेछापमा फेरी पनि पुष्टि भएको छ । मन्थली अस्पतालमा उपचार गर्न पुगेको चार जना बिरामीमा डेंगी संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख समिर क्षेत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार डेंगी संक्रमित हुनेमा ललितपुर बस्ने २६ वर्षीय पुरुष लक्कि शाक्य, मन्थलीकी ४० वर्षीय सिता कार्की, मन्थली वडा नं १ कै २५ वर्षीय सरस्वती श्रेष्ठ र मन्थली वडा नं २ का ३५ वर्षीय कुमार कार्की हुन् । जसमा एक जना बाहेक सबै जनाको अवस्था अहिले सामान्य रहेको डा.क्षेत्रीले बताए । संक्रमित भएका एक जना अहिले पनि भर्ना भएर उपचाररत छन् । 

 

केही हप्ता यता भाइरल ज्वरोका बिरामी बढेको जिल्लामा डेंगीका संक्रमित देखिएका हुन् । यसअगाडी जिल्ला अस्पताल रामेछापमा उपचारको लागि पुगेका तीन जनामा डेंगी पुष्टि भएको थियो । 

 

डा. क्षेत्रीका अनुसार नेपालमा विशेष गरि ४ प्रकारका डेंगीको संक्रमण देखिदै आएको छ । विशेष प्रकारको लामखुट्टेको टोकाईबाट यो भाइरस लाग्ने गर्दछ । डाक्टर क्षेत्रीले बिहान घाम उदाउने समय र बेलुका घाम अस्ताउन समयमा टोक्ने लामखुट्टेबाट यो संक्रमण हुने गर्दछ ।  

 

राति टोक्ने लामखुट्टेबाट यो संक्रमण लाग्ने सम्भावना कम हुन्छ । यद्यपी सावधानी भने अप्नाउनु पर्ने उनी बताउछन् । घरनजिक फोहोर पानी जम्ने ठाउँमा यो लामखुट्टे बस्ने गर्दछ । त्यसैले घरवरपर सफा राख्नु पूरा बाउला भएका कपडा लगाउनु यसबाट बच्ने उपाए हुन् । 


यो भाइरस भएमा खानमन् नलाग्ने, ज्वारो आउने ,वाकवाकी लाग्ने, शरिरका जोर्नी दुख्ने, गल्ने, थकान महसुस् हुने लक्षण देखा पर्दछ ।