आफ्नै भतिजी बुहारीमाथि जबर्जस्ती करणी गरेकाे आराेपमा कठेत पुर्पक्षका लागि जेल चलान्

| भदौ २१, २०७९ मंगलबार

पनव कठेत, फाइल तस्बिर ।
A A A
A A A

२१ भदौ,रामेछाप । आफ्नै भतिजी बुहारीलाई पटकपटक जबरजस्ती करणी आराेपमा पक्राउ परेका पवन कठेत पूर्पक्षकाे लागि जेल चलान भएका छन् । 


गत भदौ २ गते जिल्ला प्रहरी कार्यालय रामेछाप नजिकैबाटै पक्राउ परेका थिए । भतिजी बुहारीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा पक्राउ परेका कठेतलाई १९ दिन सम्मकाे अनुसन्धान तथा साेध्पुच्छपछि आज मंगलबार जिल्ला अदालत रामेछापले कठेतलाई पूर्पक्षकाे लागि जेलचलान गर्ने निर्णय गरेकाे श्रेस्तेदार रामप्रसाद पाैडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 


रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ घर भएका ४२ वर्षीय पवनकुमार कठेत हाल मन्थलीमा बसाेबास गर्दै आएका थिए । उनी रामेछाप उद्याेग बाणिज्य संघ रामेछापको काेषाध्यक्ष समेत हुन् ।
 


कठेतले आफ्नै भतिजी  बुहारी नाता पर्नेलाई २०७५ सालदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको थियाे ।  

 

आफ्नै काकाससुरा नाता पर्ने कठेतले आफूमाथि पटक पटक यौन दूर्व्यवाहर, बलत्कार/ जबर्जस्ती करणी गरेकाे भन्दै  गत साउन १५ गते बुहारीले उजुरी दर्ता गरेकि थिइन् ।