रामेछाप प्रहरीको तीन महिने कार्यप्रगती विवरण सार्वजनिक : यस्तो काम गर्यो प्रहरीले (तथ्याङ्कसहित)

शान्ति सुरक्षा तर्फ प्रहरीले तीन महिनामा राम्रो प्रगती

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले पछिल्लो तीन महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ । आइतबार रामेछाप प्रहरीले आफू र आफ्ना मातहत प्रहरीले तीन महिनाको अबधिमा गरेको काम सार्वजनिक गरेको हो ।  सार्वजनिक तथ्याङ्क अनुसार वितेको तीन महिनाको अवदिमा जिल्लामा विभिन्न शिर्षकमा ५३ वटा मुद्धा दर्ता भएका छन् । 

 


विभिन्न अपराधीक कृयाकलापमा संलग्न ४४ जना पक्राउ परेका छन् । गत माघ, फागुन र चैत्र महिनामा भएका अपराधीक गतिविधिको तथ्याङकमा प्रहरीले आफूले हाँसिल गरेका मुख्य उपलब्धिहरु पनि उल्लेख गरेको छ । 

 

त्यस्तै विभिन्न मुद्धाको फैसला कार्यान्वयन तर्फ विभिन्न मुद्दाका २४ जना प्रतिवादी पक्राउ गरी ७ वर्ष ५ महिना १४ दिन कैद सजाय भएको उसले जनाएको छ । जिल्ला प्रहरीका अनुसार २ लाख ७५ हजार एक रुपैयाँ जरिवाना असूल गरिएको उल्लेख छ । 

 

त्यस्तै गत २०७७ चैत्र २५ गते रातको समयमा २१ बोरा (१६२ किलो) अवैध जडिबुटी झ्याउ ओसारपसार गर्ने बा. ४ ख ९७९० नं। को ट्रक र ३ जना मानिस समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाईएकोमा निजहरुलाई हाल सम्म यस कार्यालयकै हिरासतमा राखी वन कार्यालयबाट अनुसन्धान भईरहेको उल्लेख छ । 

 

त्यस्तै वैशाख १ गते अवैध रुपमा ओसारपसार गरेको अवस्थामा सिशौ जातको २० थान (९६९.५५ क्युफिट) गोलाई काठ सहितको ज.१ त ८०२५ नं. को ट्याक्टर र २ जना मानिस समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाईएकोमा हाल ती प्रतिवादीहरुलाई हाजिर जमानीमा छाडी वन कार्यालयबाट अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

 

त्यस्तै रामेछाप प्रहरीले ३ सय ९७ लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जानकारी दिएको छ । तीन महिनाको अवधिमा अवैध उत्खनन् बालुवा चोरी निकासि गर्ने ट्याक्टर नियन्त्रणमा लिएर ५ हजार  जरीवाना गरिएको बताएको छ । 

 


त्यस्तै शान्ति सुरक्षा तर्फ प्रहरीले गत माघ, फागुन र चैत महिनामा राम्रो प्रगती गरेको जनाएको छ । जसको लागि सुरक्षाको अनुभुति दिलाउन, ३ वटा नागरिक सुनुवाइ कार्यक्रम, ५० वटा समुदाय केन्द्रित सचेतना कार्यक्रम, १ वटा सरसफाइ कार्यक्रम,  प्रहरीसंग एक दिन कार्यक्रम २ वटा र बिद्यालय सम्पर्क कार्यक्रम २२ वटा सन्चालन गरेको रामेछाप प्रहरीले सार्वजनिक गरेको छ । 

 

 

त्यस्तै जिल्लामा कैदी जिवन विताइरहेकाहरुलाई मानवोचित ब्यवहार, स्वास्थ्य जाँच, बिरामी भएमा उपचारको प्रबन्ध, थुनामा राख्दा र छाड्दा स्वास्थ्य जाँच र मनोरन्जनको लागि हिरासत कक्षमा टिलिभिजना २ सेट आफ्नै खर्चबाट संचालनमा ल्याएको भनेको छ ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार