शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँ- मेयर श्रेष्ठ

| असोज ७, २०७९ शुक्रबार

A A A
A A A

७ असोज, रामेछाप । मन्थली नगरपालिकाका प्रमुख एवं मेयर लब श्रेष्ठले नगरले शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । सकारात्मक र राम्रा कुरालाई चर्चा परिचर्चा गर्ने र नराम्रा कुरालाई त्याग्नु पर्नेमा उनको जोड् छ ।

 

शुक्रवार मन्थली सहित स्मृत बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिद्वरा आयोजित वडा दशै, शुभदिपावली तथा छठ् पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाइ रहेको बताए । 

 

उनले भने ‘मन्थली नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । तपाईहरुले पनि आफ्नो पठनपाठनलाई गुणस्तरीयता बनाउँदै लानू पर्छ । राज्यले गरेको लगानीलाई खेर जान दिनु हुँदैन ।’

 

फरक प्रसङ्गमा प्रमुख श्रेष्ठले पछिल्लो समयमा राम्रो भन्दा नराम्रा कुराको मात्रै चर्चा र नकरात्कम पक्ष मात्रै बढी हल्लीखल्ली हुने गरेकोमा असन्तुष्टि व्यक्त गरे । 

 

उनले भने ‘तपाईहरु दशैमा गाउँ÷घर जाँदा पनि सुनेका राम्रो पक्षलाई मात्रै लिएर जानूस्, नराम्रा कुरा नलानूस्, त्यसले राम्रो गर्दैन, जिम्मेवार बन्नुपर्छ। जिम्मेवार बन्न सिक्नुहोस्, । त्यस्तो नभए देश खतराको बाटोमा जान्छ । अहिले जताततै नराम्राले मात्रै चर्चा पउँनथालेको छ । त्यो परिपाटी अन्त्य हुनुपर्छ ।’  

 

नकरात्कम पक्षले संविधान कार्यान्वयनमा समेत चुनौती देखिएको छ प्रमुख श्रेष्ठले जोड् दिए । उनले नगरले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र स्वरोजगारलाई मुख्य केन्द्रमा राखेर काम गर्दै गरेको सुनाए ।