रासम र बिआइजीबीचको मैत्री पूर्ण फुटबल यसरी सकियो !

| असोज ९, २०७९ आइतबार

तस्विर जय मानन्धर ।
A A A
A A A

९ असोज, रामेछाप । रामेछाप सहयोगी मन (रासम) र बैंक एण्ड इन्सुरेन्स टिम (बिआइजी) बिचको मैत्री पूर्ण फुटबलमा बराबरी भएको छ ।

 

बढा दशै, शुभदीपावली २०७९ को अवसरमा आयोजित एक दिने मैत्री पूर्ण फुटबलमा दुवै टिमले २–२ गोल गरेपछि खेल सहमतिमा सकाइएको अन्त गरिएको थियो ।

 

रासम र बैंक समूहबिच आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले संस्थामा आबद्ध खेल प्रेमीले खेलकुद्को माध्यमबाटै अगाडि बढ्ने योजनासहित आयोजित प्रतियोगितामा रासमले सुरुवाती २ गोल हानेको तर, अग्रता जोगाउन नसक्दा बराबरीमा खेल अन्त्य गरिएको सहभागी रासम सदस्य जय मानन्धरले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ९० मिनेट सम्म दुवैले २–२ गोल गरेका थिए । अतिरिक्त २० मिनेट समय थप गरिए पनि दुवैले गोल गर्न नसकेपछि सहमतिमा खेल समापन गरिएको हो ।  खेल कुनौरी खेल मैदानमा खेलाइएको थियो ।