अब सहकारीले पनि भत्ता बाँड्न पाउने वातावरण स्थानीय तहले मिलाउनु पर्छ–अध्यक्ष थापा

| असोज ९, २०७९ आइतबार

A A A
A A A

९ असोज, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापाले सहकारीले पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न पाउनु पर्ने माग गरेका छन् । केही मिडियामा सहकारीहरूको भ्रामक समाचार आउँदा सदस्यहरूमा त्यसले ठुलो भ्रम फैलिरहेको उनको भनाई छ ।

 

 

शनिवार सो सहकारीको २४ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत मात्रै वितरण भइरहेको भन्दै अब सहकारीले पनि भत्ता वितरण गर्ने व्यवस्था स्थानीय सरकारले मिलाइ दिनु पर्ने माग गरे । उनले भने ‘अहिले भत्ता बैंकले मात्रै वितरण गर्दै आएका छन् । अब सहकारीले पनि वितरण गर्न पाउनु पर्ने वातावरण स्थानीय सरकारले मिलाउनु पर्‍यो, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको ध्यानाकर्षण गराउँदै भने ।’

 

 

यसरी भत्ता वितरण गर्ने अवसर सहकारीलाई मिलेमा सहकारी प्रति नागरिकको विश्वास बढ्ने उनको तर्क छ । साथै सरकारले पनि भत्ता वितरणमा सहकारीलाई प्राथमिकतामा राखेको उनले बताए । 

 

सहकारी अभियान्तासंगै सफल व्यवसायी समेत रहेका थापाले जे उद्देश्यको लागि सहकारी स्थापना भएका हुन्, सोही उद्देश्यभित्र रहेर काम गरेका छन् कि छैनन् भनेर सो कुराको निरीक्षण हुनु पर्नेमा जोड् दिए । 

 

सहकारी किन उत्पादनमा जोडिएन भन्ने प्रश्नमा आफू सहमत रहेको भन्दै अध्यक्ष थापाले सहकारीको नियम कानुनले गर्दा पनि कतिपए काम गर्न नसकेको बताए । ‘के उद्देश्यको लागि स्थापना भएको छ । सो काम हामीले गरेका छौँ । कतिपए काम चाहेर पनि गर्नलाई नियम कानुनले दिँदैन उनले भने ।’