स्वतन्त्रबाट जितेका जनप्रतिनिधिले जेगरे पनि राम्रो,पार्टीबाट जितेकाले जेगरे पनि नराम्रो भन्ने गरियो – मेयर श्रेष्ठ

| असोज ९, २०७९ आइतबार

A A A
A A A

९ असोज, रामेछाप । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले स्वतन्त्र उम्मेद्वर बनेर निर्वाचित भएका जनप्रतिनिधिले जेगरे पनि राम्रो भन्ने र पार्टीबाट जितेका जनप्रतिनिधिले जति राम्रो गरे पनि नराम्रो भन्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  स्थानीय तहमा सबैले भर्खरै काम सुरु गरेकाले त्यसको प्रतिफल नपाइने उनको तर्क छ । 

 

शनिबार सदरमुकाम मन्थलीमा भएको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पार्टीका तर्फबाट निर्वाचित भएका उम्मेद्वरलाई असफल देखाउने काम चौतर्फी सञ्चारमाध्यममा सुन्न पाइने बताएका हुन् । 

 

‘स्वतन्त्र उम्मेद्वरले जस्तो सुकै काम गरे पनि राम्रो भनिदिने र पार्टीबाट जितेकाले जे गर्दा पनि नराम्रो भन्ने गरेको छ, उनले भने।’ प्रमुख श्रेष्ठले सहकारीले जिल्लामा प्रशंसा गर्न लायक काम गरेको भन्दै यो सहकारी एक वर्षे योजना बनाएर अगाडि बढेको सुनाए । 

 

त्यस्तै प्रमुख श्रेष्ठले सहकारीले कृषि र उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह गरे । नगरपालिकाले देखेको सपना पूरा गर्न सहकारीहरू पनि लागि परेको दाबी गरे । 

 

मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र स्वरोजगार लगायतका योजना अगाडि बढ्दै गरेको दोहोर्‍याए । 

 

स्थानीय तहले नराम्रो गरेमा खबरदारी गरिदिन उनले आग्रह गरे ।  उनले भने ‘स्थानीय सरकारले  गलत गर्‍यो भने गलत भनिदिनुस्, राम्रोलाई राम्रो भन्नुस्,सकारात्मक कुराको चर्चा पनि गर्नु पर्छ । नकारात्मक कुराले प्राथमिकता दिइएको छ । त्यस अन्य हुनु पर्छ ।’

 

भिडिओ हेर्नुहोस्