अपडेट भिरपानीः पितृ उतार्ने भन्दै ७ बोरा बढी ‘अक्षताले’ हान्दा छोरीको ज्यान गयो, आमा घाइते, यी हुन् पक्राउ पर्नेहरू (नामावली)

| असोज ११, २०७९ मंगलबार

मृतक बिबा माझी ।
A A A
A A A

११ असोज, रामेछाप । पितृ उतार्ने भन्ने नाममा एक महिलालाई बोक्सीको आरोप लगाउँदै हत्या भएको छ  । गत आइतबार अन्दाजी १ बजे जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ सित्खा स्थित माझी गाउँमा, माझी जातिको रीतिरिवाज अनुसार पितृ उतार्ने क्रममा सोही ठाउँकि अन्दाजी ५०/५२ वर्षकी बिबा माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

 

उनकी आमा ७० वर्षीय सुनमायाँ माझी गम्भीर घाइते छिन् । उनको मन्थली अस्पतालमा उपचार भैरहेको छ । 

 

बिबालाई यसरी हत्या गरियो । 

स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर, किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोरा भन्दा बढी चामलको अक्षताले मुख तथा शरीरमा हानेको स्थानीयहरूले बताएका छन् । करिब डेढ घण्टा चामलले हानेपछि मृत्यु भएकी बिबा माझीलाई उनीहरूले फेरी व्यक्ताउने भन्दै थप आधा घण्टा चामलले हानेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

 

यसरी भयो घटना ।

असोज ६ गतेदेखि लक्ष्मण माझी, शिव बहादुर माझी र राम बहादुर माझीको घरमा माझी समुदायको परम्परागत अनुसार पितृ कार्य (सराद्ध) सुरु भयो । दुई दिनपछि ८ गते शनिवारका दिन सम्पूर्ण पितृ कार्य सकी बेलुका सबै मानिस आ-आफ्नो घरमा गए । सोही दिनको राति अन्दाजी १२ ०० बजे पुनः शिव बहादुर माझीको घरमा सुतेका एकलाई पितृ चढेर काम्न सुरु गरे । काम्न सुरु गरेपछि शिव बहादुर माझीका घर परिवारका मानिसहरूले गाउँ÷छिमेकका अन्य मानिसहरूलाई पनि बोलाए । 

गाउँका मानिसहरू पनि आयपछि ९ गते बिहान सम्म अन्य ९/१० जनालाई समेत पितृ चढेर कामिरहेकाले जम्मा भएका अन्य मानिसहरूले बिबा माझी र निजको आमा सुनमाया माझी बोक्सी हुन् भन्ने सुनेकोले उनीहरूकै कारण सेलाइसकेको पितृ पुनः चढेको होला भन्ने गम्भीर आरोप लगाए । त्यसपछि बिबा र सुनमायालाई शिव माझीको घरमा बोलाए । 

भिडिओ हेर्नुहोस् । यसरी गरिन्छ माझी समुदायको पितृ पूजा ।

बोलाएपछि उनीहरू आए । छोरी बिबा र आमा सुनमाया माझीलाई पितृ चढेका भनिएका व्यक्तिहरूले काम्दै गाली गलौज गर्दै विभिन्न आरोप लगाएपछि उनीहरू घर फर्किए । त्यसपछि पनि पितृ चढेका मानिसहरू पछ्याउँदै उनीहरूकै घरमा गए । छोरी बिबा माझीलाई उनकै घर भित्र ढोका थुनी बन्दक बनाए । आमा सुनमाया माझीलाई घर बाहिर चामल मगाउँदै मन्त्र जप्दै चामलको मुठ्ठीले प्रहार गरी भूँईमा लछारपछार गर्ने, भुत्ल्याउने, शरीर माथि चढ्ने, थिच्ने तथा लात्तिले हान्ने सोही ठाउँमा भएका एकले प्रहरीलाई घटनाको बारेमा जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उक्त पुग्दा सुनमाया माझीलाई घर बाहिर र बिबा माझीलाई घरभित्र पितृ चढेका भनिएकाहरूले शरीरको विभिन्न भागमा थिच्दै चामलले हानिरहेको अवस्थामै भेट्यो । सुनमायालाई तत्काल उद्दार गरी उपचारको लागि मन्थली अस्पताल पठायो । प्राथमिक उपचार पश्चात् घाइते सुनमायाको हाल मन्थली अस्पतालमै उपचार जारी छ । 

 

घरभित्र बन्दक बनेकी बिबा माझीको मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पार्‍यो । उनको शरीर लास भैसेकेको थियो । सो लासलाई प्रहरीले नियन्त्रणमा लियो । र, मुचुल्का लगाएका प्रारम्भिक अनुसन्धान कार्य गरी पूरा गरी शव परीक्षण गर्न मन्थली अस्पताल ल्यायो । 

 

गाउँभरिका २३ जना पक्राउ ।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले १६ जना पुरुष र ७ जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।  सोधपुछको क्रममा पितृ चढेको मानिसहरूले पितृ चढेपछि के-के भयो, के–के गर्यो, घटना के–कसो भएको भन्ने केही कुरा थाहा नभएको भनी बयान दिएका छन् । हाल सम्मको अनुसन्धानबाट अन्धविश्वासको कारण यस घटना घटेको हुनसक्ने प्रारम्भिक निष्कर्शमा प्रहरी पुगेको देखिन्छ । 

 

अधिकांश किशोर–किशोरी पक्राउ 

घटनामा संलग्न हुनेहरू अधिकांश किशोर, किशोरी देखिन्छन् । उनीहरू १६ वर्षदेखि २३,२३, २४, वर्षका धेरै छन् । 

 

यी हुन् पक्राउ परेका गाउँलेहरू 

जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ३ सित्खा बस्ने वर्ष १९ को राजेश माझी

वर्ष १७ की सपना माझी

वर्ष १७ की मनीषा माझी 

वर्ष १६ की सबिना माझी

वर्ष २६ को धन बहादुर माझी

वर्ष १६ को सिरिस भन्ने राम कुमार माझी

वर्ष २३ की बिन्दा माझी

वर्ष १९ को भरत माझी (सानो) 

वर्ष २० को सुरज माझी 

वर्ष ४० की राधिका माझी

वर्ष ३७ को शिव बहादुर माझी

वर्ष २२ की सिर्जना माझी 

वर्ष २४ को भरत माझी (ठुलो)

वर्ष  २४ को कुमार माझी

वर्ष २४ को उदय बहादुर माझी

वर्ष २४ को पुसमान माझी

वर्ष  ३२ को शुक्र बहादुर माझी

वर्ष १९ को रामहरि माझी

वर्ष  ३० को विज्ञान माझी

वर्ष ५४ को धर्म बहादुर माझी

वर्ष २६ को शुक्रे माझी

 वर्ष २९ को राजु माझी

 वर्ष २० की संगिता माझी