सबैसंग सहकार्य र समन्वयमा काम गर्छु -सिडिओ रेग्मी

| असोज १३, २०७९ बिहिबार

A A A
A A A

१३ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शोभाखर रेग्मीले सबैसँग सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । गफ् भन्दा पनि काम गरेर देखाउनु पर्नेमा उनको जोड् छ । 

 

 

बुधवारदेखि जिल्लामा (प्रजिअ) को रुपमा हाजिर गरेका रेग्मीले बिहीबार जिल्लामा सक्रिय पत्रकारसँगै भेटघाट तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्तो बताएका हुन् ।

 

 

जिल्लाको समग्र विषय वस्तुबारे जानकारी तथा अवगत हुँदै प्रजिअ रेग्मीले तत्कालीन आवश्यकताको आधारमा काम गर्ने प्रतिबद्धता जनाएका दोहोर्‍याए। आफू गफमा भन्दा काममा विश्वास गर्ने भएकाले काम नै गरेर देखाउने उनको भनाई छ । 

 

 

मुख्य चाड्पर्वहरु नजिकिएकाले जिल्ला भित्रको शान्ति, सुरक्षा, बडा दशैं, दीपावली सहित आसन्न निर्वाचनलाई केन्द्रमा राखेर हरेक क्षेत्रको अनुगमन, अवलोकन, मूल्याङ्कन गर्ने उनले बताए । त्यस्तै प्रशासनका कामलाइ थप व्यवस्थिति र नागरिक मैत्री हुने उनले बताए ।

के के भने सिडिओ रेग्मीले भिडिओमा हेर्नुहोस्

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार