रामेछापमा आज एकैदिन ७ हजार बढी यात्रु दशैं मान्न आए, कती आए र कति आउँदै छन् ?

| असोज १५, २०७९ शनिबार

यात्रुलिएर मन्तली आइपुगेको अरनिको बस मन्थली देवकोटा चोकमा । तस्बिर मिलन घमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

१५ असोज, रामेछाप । बडा दशैँको छैटौँ दिन आज शनिवार सम्म रामेछापमा करिब २७ हजार यात्रु भित्रिएका छन् । महान् चाडदशैँ मनाउन यो पटक गत वर्ष भन्दा उल्लेख्य रूपमा मानिस गाउँफर्किएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

अन्य दिनको तुलनामा घटस्थापनाको दिनदेखि दैनिक ३ हजार भन्दामाथि यात्रु दैनिक जसो सार्वजनिक तथा निजी सवारी साधान हुँदै जिल्ला भित्रिएको जिल्ला प्रहरीका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । थापाका अनुसार आज शनिबार एकैदिन ७ हजार भन्दा बढी यात्रु जिल्ला आएका छन् । 

 

उनका अनुसार यो तथ्याङ्क जिल्ला भित्रिने मुख्य नाकामा लिएको हो । ‘दैनिक ३ हजार भन्दा माथिको सङ्ख्यामा यात्रु भित्रिएका छन् । यो तथ्याङ्क भोलि र पर्सी झन् बढ्न सक्ने आङ्कलन गरिएको छ ।’

 

जिल्ला प्रहरीका अनुसार यो पटक दशैँमा ५० हजारको हाराहरीमा यात्रु भित्रिने आङ्कलन गरिएको छ । (जिप्रका) ले यात्रुको दुःखेसो, गुनासो सुन्नको लागि यस अगाडिनै सदरमुकाम मन्थलीमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ । हालसम्म अरनिको बस, माइक्रोबस, टाटा सुमो, रिजबका अन्य गाडी, मोटरसाइकलले लगाएतले यात्रु लिएर आउने गरेका छन् । 

 

कात्यायनी भगवतीको पूजा गरेर मनाइँदै

यसैबीच आज दशैंको छैटौँ दिन कात्यायनी भगवतीको पूजा गरेर मनाइँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । 

 

आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । 

 

दशैंको टिका लगाउने उत्तम साइत १९ गते बिहान ११ ः ५१ बजे रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।