खाँडादेवी गाउँपालिकामा भोलीदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द, (सूचनासहित)

जिल्लामा सक्रिय संक्रमितको संख्या ४४ पुग्यो

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेक सबै सेवी भोलीदेखि लागू हुने गरि बन्द गरेको छ । 

 

सोमबार (आज) गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले एक सूचना जारी गर्दै भोली २१ गतेदेखि आउदो २७ गतेसम्मको लागि अत्यावश्यक सेवा बन्द गर्ने भनिएको छ । 


कोरोना महामारी दैनिक तिवृ रुपमा फैलिएको भन्दै गाउँपालिकाले सेवाहरु बन्द गरेको हो । 


सोमबार मात्रै सोही गाउँपालिकाको वडा नं ७ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 


यता हिजो पठाएको १६ जनाको स्वामा १० जनाको रिपोर्ट आएको र ६ जनाको आउन बाँकि रहेको जिल्ला अस्पताले जनाएको छ । 
१० जनामा आज दुई जनाको रिपोर्ट पोजेटि भएको छ ।

 

एक जना खाँडादेवी हुन् भने एक जना ३८ वर्षीय पुरुष रामेछाप नगरपालिका ८ रामेछाप बजारका छन् । 
उनीहरु दुवै जना होमआइसोलेसनमा बसेको जिल्ला अस्पतालले जनायो । आज थपिएका दुई संक्रमित सहित जिल्लामा संक्रिय संक्रमितको संख्या ४४ जना पुगेको छ ।

खाँडादेवी गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार