प्रहरी दिवस : रामेछाप प्रहरीले यसरी मनाउदै ?

| असोज २८, २०७९ शुक्रबार

A A A
A A A

२८ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा विभिन्न खेलकुद, जनचेतना मूलक कार्यक्रम गरी मनाउने भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा ‘अन्तर प्रहरी कार्यालय स्तरीय पुरुष डबल्स ब्याडमिन्टन र पुरुष डबल्स टेबल टेनिस प्रतियोगिता’ भने सम्पन्न गरी सकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजुप्रसाद् ढकालले जानकारी दिए । 

 

 

जसमा ‘पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा’ प्रहरी जवान रेवती रमण घिमिरे र प्रहरी जवान कमल पुर्वछाने मगरको टिम प्रथम भएको छ । 

 

त्यस्तै स.ह.डिल्ली राउत र प्र.ज.रामचन्द्र लुङ्बाको टिमले द्वितीय भएको छ । 

 

त्यस्तै ‘पुरुष डबल्स टेबल टेनिस प्रतियोगितामा’ प्र.चौ.रामेछाप डाँडामा कार्यरत प्र.ह.धन बहादुर बराल र जि.प्र.का.रामेछापमा कार्यरत प्र.स.ह.सुशील थापाको टिम प्रथम बनेको छ । 

 

(जिप्रका) मा कार्यरत प्र.स‍‍.नि. विनोद महत र प्र.ह.नरबहादुर सिजालीको टिमले द्वितीय भएको छ । 

 

विजेता, प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई आगामी असोज ३१ गते प्रहरी दिवसको दिन हुने कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

त्यसै गरी रामेछाप प्रहरीले दिवसको अवसर पारेर आज शुक्रवार बिहान ८ ः ०० बजे जिल्ला शाखा रेडक्रससङ समन्वय गरी रक्तदान कार्यक्रम गर्दै छ । 

 

भोलि शनिवार डोगू प्रकोप नियन्त्रणको लागी मन्थली नगरपालिकासँग समन्वय गरी मठ मन्दिर सरसरसफाई गरिने, आइतबार ३० गते वृक्षारोपण तथा संरक्षण कार्यक्रम गर्ने र सोमबार ३१ गते अमर प्रहरीहरू प्रति श्रद्धाञ्जली तथा आफन्तहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ (जिप्रका) रामेछापले जनाएको छ ।