कठेत घटना प्रकरणको नालिबेलीः फिल्मी शैलीमा पत्रकार सम्मेलनमा यस्तो सम्म भयो, बिनुले भनिन् ‘प्रदिपसंग २ दिन अगाडि यौन सम्पर्क भएको छ’ (भिडिओसहित)

| असोज २८, २०७९ शुक्रबार

A A A
A A A

२८ असोज, रामेछाप । रामेछापको मन्थलीमा बिनु यादव र उनका काका ससुरा पवन कठेत घटना प्रकरण थप पेचिलो बनेको छ । आज शुक्रबार मन्थली नगरपालिका वडा नं १ स्थित पवन कठेतको घरमा पुगेर आफूमाथि पटक-पटक जबरजस्ती भएको भन्दै आएकी यादव पुगेर झगडा गरेपछि घटना थप चर्किएको हो ।

 

आफूलाई गत २०७५ सालदेखि कठेतले पटक-पटक जबरजस्ती करणी गर्ने गरेको आरोप लगाएपछि जिल्ला अदालत रामेछापले गत भदौ २१ गते कठेतलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो । 

 

२ लाख धरौटीमा छुटे कठेत ।

उक्त मुद्दामाथि चित्त नबुझेको भन्दै कठेतले उच्च अदालत पाटनमा दिएको उजुरीमाथि फैसला गर्दै बिहीबार उच्च अदालतले २ लाख धरौटीमा आरोपित कठेतलाई छुटाउन आदेश दिएको छ । उनी धरौटीमा छुटेर घर आइसकेको बताइएको छ । 

 

यसरी कठेत धरौटीमा छुट्दै गर्दा यता कठेतको घरमा भने बिनु र कठेतका परिवार बिच झगडा भएको छ । 

 

आजै शुक्रबार आफूहरूमाथि बिनुले कुट्पीट् गरेको भन्दै सदरमुकाम मन्थलीमा कठेतका दाजु विमल कठेत, उनकी श्रीमती तारा, छोरा प्रदीप, छोरीहरू प्रमीला र पविनाले पत्रकार सम्मेलन गरेका थिए । बिनुको प्रदीपसँग विवाह भएको हो । उनीहरूबिच विभिन्न आरोप प्रत्यारोप भएपछि जिल्ला अदालतबाट डिभोर्स भएको थियो । उक्त डिभोर्स स्वीकार नगर्ने भन्दै बिनुले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको बताएकी छिन् । जुन मुद्दा चलिरहेको छ । 

 

पटक-पटक कठेत परिवारले आफूमाथि अन्याय गरेको बताउँदै आएकी यादवले विभिन्न माध्यबाट आफू पीडित भएको बताउने गरेकी छन् । 

 

पत्रकार सम्मेलनमा यस्तो सम्म भयो ।

आफूहरूमाथि बिनुले घरमा बसिरहेको बेला एक्कासि आएर छोरालाई झापड हानेपछि आमा र छोरीहरूले छुटाउन जाँदा आफूहरूलाई पनि कुटेको आमा तारा कठेतले बताइन् । पसलमा अन्य छिमेकीहरू सहित चिसो खाएर बसिरहेको बेला बिनु एक्कासि आएर छोरालाई झापड हान्न थालेपछि आफू र छोरीहरू छुटाउन जाँदा मलाई छातीमा एक हानी, छोरीलाई गालामा एक हानेको, चस्मा बाङ्गिएको छ, आमा ताराले दुखित हुँदै भनिन् ।

भिडिओमा हेर्नुहोस् छिमेकी एवं प्रत्यक्ष दर्शीले दिएको यो आक्रोश पूर्ण प्रतिक्रिया ।

सो कुरा छिमेकी एवं प्रत्यक्ष दर्शी सोनीका श्रेष्ठले पनि बताइन् । उक्त कुरा यथार्थ भएको उनीहरूको जिकिर छ । आमाले आफ्नो छोराले बिनुमाथि दुई थप्र हानेको हो भनिन् । 

 

घटना स्थलमा आफू नभएको सुनाउँदै आफ्नो परिवारमाथि यसरी घरमै पुगेर सांघातिक हमला हुनु आफूहरू असुरक्षित भएको बिमल कठेतले बताए । उनले भने 'हामी असुरक्षित भयौँ । ज्यानको सुरक्षा हुनु पर्‍यो । हामीलाई बचाइ दिनु पर्‍यो जुनसुकै बेला जे पनि हुनसक्छ । हामीमाथि लगाइएका कुनै पनि कुरा पुष्टि गरिन्छ भने म, त्यसको भागिदार हुन तयार छु । म, फाँसी पनि चढ्न तयार छु । हाम्रो परिवारमाथि बृद्धा बुबादेखि पढ्दै गरेका छोरीहरूमाथि निराधार, कपोकल्पित आरोप लगाइएको छ । जसले गर्दा हाम्रो परिवार असुरक्षित भएको छ । बदनाम भयो । 

भिडिओमा हेर्नुहोस्

त्यस्तै दुवै छोरीहरूले आफूहरूको यी कुनै पनि घटनामा केही संलग्नता नरहेको भन्दै आफूहरूको जीवनमा खेलवाड् भएको भन्दै दुखेसो गरेका छन् । म, पढ्ने कलेजको नाम विभिन्न मिडियामा भन्ने, मेरो बारेमा नभएको कुरा मिडियामा बोल्ने, मेरो साथीहरूसँगै च्याट्मा बोल्ने बाटो-बाटोमा मान्छे भेट्ने गरेपछि म, कलेज जान छाडे, मएक्लै हिँड्न सक्दिन, असुरक्षित छु, मेरो ज्यू-ज्यानको सुरक्षा हुनु पर्‍यो भनिन् । 

 

उनले विभिन्न मिडियाहरूले समेत आफूहरू विरुद्ध प्रचार गरिरहेको भन्दै आक्रोशित भइन् । 

 

प्रदीपले यसो भने ।

बिनु यादवका श्रीमान् (डिभोर्स अगाडी) आफूहरूबिच सहमतिमा विवाह भएको र पछि बिनुको ‘टर्चर’ सहन नसकेर डिभोर्स भएको बताए । उनले मिडियामा घर परिवारमा नराम्रो र बिनु र आफूबिच राम्रो सम्बन्ध भए जसरी प्रचारप्रसार भइरहेको भन्दै असन्तुष्टि जनाए । 

 

उनले आफ्नो परिवारसँग जोडेर भइरहेको विभिन्न खाले प्रचार निराधार भएको दाबी गरे । डिभोर्स कानुनी रूपमा चलिरहेको जानकारी गराउँदै कानुनलाईनै धज्जी उडाउँदै आफू र आफ्नो परिवारमाथि हमला हुनाले असुरक्षित महसुस् गरेको बताए । उनले म, एक्लै काठमाडौँ जान सक्ने अवस्था छैन । रहेन । जति बेला जे पनि हुन सक्छ । हतियार लिएर आएको भए आजै पनि मलाई मार्न सक्थी भने । 

 

उनले यसबारेमा सबैले बुझिदिनु पर्ने र गलत प्रचार प्रसार रोकिनु पर्नेमा जोड् दिए । मुद्दा चलिरहेको भन्दै कानुनले तोकेको र बिनुले पाउने सबै हक, अधिकार दिन आफ्नो परिवार तयार भएको कठेत परिवारको भनाई छ । उनीहरूले आफ्नो परिवार पूर्ण रूपमा असुरक्षित भएको भन्दै सुरक्षा माग गरे । 

 

पत्रकार सम्मेलनमा बिनु र कठेत परिवार बिच झगडाको बेलाका प्रत्यक्ष दर्शी र पत्रकारको सहभागिता थियो । सोही पत्रकार सम्मेलन चल्दै गर्दा झगडा भएको ठाउँमा बेहोस भएर ढलेकी बिनुको ‘ईन्ट्री’ भयो । झगडा हुँदा उनी ढलेपछि ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीलाई खबर गरेको थियो । प्रहरीको टोलीले बिनुलाई मन्थली अस्पतालमा पुर्‍याएको थियो । उनी अस्पतालबाट उपचारत हालतमै पत्रकार सम्मेलन हुँदै गरेको स्थल आएकी थिइन् । 

 

फिल्मी शैलीमा आएकी बिनुले यसो भनिन् ।

म बिनु यादव, माफ गर्नुहोला, म, पत्रकारलाई सम्मान गर्छु । यहाँ पत्रकार सम्मेलन हुँदै छ, भन्ने सुने । आँए । एउटी नारी, २ वर्षदेखि सडकमा न्यायको लागि लड्दा कसैले सहयोग गरेनन् । यहाँको समाचार लेख्दा मेरो अहिलेको फोटो अनिवार्य हाल्नुहोला । दुवै तर्फ यथार्थ बुझेर लेख्नुहोस्, म, कति पीडित भएकी छु । प्रदीपले बोलाएर म, काठमाडौँबाट उसको घरमा आएकी थिए । उसले हिजो सम्म मसँग फोन, एस् एम् एस, गरेको छ । अहिले आएर मलाई यसले ब्ल्याक लिस्टमा किन राख्यो ? यसले २ दिन अगाडि मात्रै मसँग यौन सम्पर्क गरेको छ । 

 

उनी प्रदीपले बोलाएर पवनको घरमा गएको जिकिर गरिन् । आफूमाथि आमा, छोरीले कुटेर चो लागेको, बेहोस भएर ढलेको त्यसपछि आफूलाई केही थाहा नभएको बताइन् । न्यायको लागि अझै नहारेको भन्दै सर्वोच्च अदालत जान्छु भनिन् । आफूमाथि भएको अन्यायको विरुद्धमा आइतबार सम्म मुद्दा दायर गर्ने छु भनिन् । पत्रकारहरूको भूमिका निष्पक्ष नहुनेमा उनले शङ्का व्यक्त गरिन् । केही छिन उनको प्रवेश भएपछि पत्रकार सम्मेलनमा अन्यौलता सिर्जना भएको थियो । 

 

उनी प्रदीप र आफूबिच गत २० गतेपछि दैनिक भेट् हुने गरेको, फोन, एस् एम् एस लगायतबाट कुरा हुने गरेको जिकिर सुनाउँछिन् ।आफूसँग यसको प्रमाण भएको उनको अडान छ । प्रदीपले आफूलाई पटक-पटक फोन गरेर रुने, भेट्नु पर्छ भन्ने गरेपछि उ, प्रति विश्वास लागेर यौन सम्पर्क भएको भनिन् । 

 

उनले प्रदीपले काकालाई जेलमुक्त गर्नको बयानमा बिचार गर, घरमा ऋण छ । काका निस्किएपछि हामी एक भएर बस्नु पर्छ भन्यो, मैले जीवन बिताउनु पर्छ भन्ने सम्झेर विश्वास गरे भनिन् । 

 

कठेत परिवारले आफूलाई गरेको अन्यायको कारण रामेछाप जिल्लाको समेत बेइज्जत भयो भनिन् । 

भिडियोमा हेर्नुहोस् बाँकि ।

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार