प्रहरी दिवस : रामेछापमा भव्यताका साथ यसरी मनाइयो (भिडिओसहित)

| असोज ३१, २०७९ सोमबार

A A A
A A A

३१ असोज, रामेछाप । ६७ औँ प्रहरी दिवस रामेछाप प्रहरीले भव्यताका साथ मनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा आज सोमबार जिल्ला प्रहरी कार्यालयमा एक भव्य समहारोकाबीच दिवस समापन गरेको छ । साथै प्रहरी दिवस २०७९ को अवसरमा प्रहरीलाई सहयोग, सहकार्य र हातेमालो गर्नेहरूलाई रामेछाप प्रहरीले सम्मान पनि गरेको छ । 

 

साता व्यापी रूपमा सरसफाइ, वृक्षारोपण, रक्तदान, विभिन्न खेलकुद सहित मनाएको प्रहरी दिवस सोमबार पनि जिल्ला प्रहरी कार्यालयमा भव्य समारोह आयोजना गरिएको थियो । 

 

कार्यक्रममा राम्रो काम गर्ने प्रहरी, प्रहरीलाई विभिन्न समयमा जग्गा निःशुल्क प्रदान गर्ने जग्गा दाता, मनोसामाजिक परामर्शदाता, डाक्टर र अमर प्रहरीका परिवारलाई प्रमाणपत्र, दौशल्ला र नगदसहित सम्मान गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक राजप्रसाद ढकालले जानकारी दिए । 

 

सो, कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले प्रहरीले प्रदान गर्दै आएको सेवाको प्रशंसा गरे । उनले प्रहरीले समाजमा शान्ति, सुरक्षा, अमन चयन कायम गरेको भन्दै आगामी दिनमा यसलाई थप मुजबद् बनाउँदै लैजानु पर्नेमा जोड् दिए । 

 

त्यस्तै जिल्ला प्रहरी प्रमुख, प्रहरी निरीक्षक (डिएसपी) राजकुमार थिङ्ले प्रहरीले प्रदान गर्दै आएको सेवा आगामी दिनमा थप्दै जानु पर्ने आवश्यकता भएको बताए । उनले थोरै स्रोत साधनबाट आमनागरिकहरुको धेरै अपेक्षा पूरा गर्नु पर्ने बाध्यता आफूहरूसँग रहेकाले प्रहरीमा चुनौती थपेको सुनाए । उनले अनवरत रूपमा जनताको सेवामा खटिने प्रतिबद्धता जनाउँदै जनअपेक्षालाई पूरा गर्न लाग्छौँ भने।  

 

प्रहरी प्रमुख थिङ्ले के के भने हेर्नुहोस् भिडिओमा ।