कोरोना रोकथाम तथा ब्यवस्थापन गर्न एमाले रामेछापको प्रदेश सरकारलाई ५ बुँदे ध्यानाकर्षण (पत्रसहित)

| बैशाख २१, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ वैशाख, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले कोरोना रोकथाम तथा ब्यवस्थापन गर्न बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ  ।

 


नयाँ भेरियन्ट सहितको संक्रमण जिल्लामा देखिन थालेको भन्दै एमाले रामेछापले यसको जोखिम तथा संक्रमित बिरामीहरुको पिसिआर परिक्षण, पर्याप्त अक्सिजन् ग्यास सिलिण्डर सहितको आइसोलेसन कक्ष र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई उचित ब्यवस्थापन गर्न भनेको हो । 

 

 

सोमबार एक ध्यानाकर्षण पत्र जारी गर्दै एमाले रामेछापले एक अन्तरक्रिया समेत गरि समस्या आउने निश्कर्षसहित यी कुराहरुमा तत्काल प्रदेश सरकारको ध्यान जानु पर्ने माग गरेको हो । 
उसले रामेछापले जिल्लामा आफ्ना कार्यकर्ताहरुलाई पनि कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सचेत गराएको छ । 

 


त्यस्तै जिल्लामा अक्सिजन ग्यास सिलिण्डर मौज्दात रहेको तर भविष्यमा अपुग हुन सक्ने भएकाले अक्सिजनको ब्यवस्थापन गर्ने माग गरेको छ । 


त्यस्तै जिल्ला अस्पतालसहित जिल्लाका विभिन्न अस्पतालहरुमा चिकित्सकहरुको अपुग रहेको भन्दै तत्काल थप जनशक्ति ब्यवस्थापन गर्न भनेको छ । भने भेन्टिलेटरसहितको आइसोलेसन कक्षहरु थपन ध्यानाकर्षण गरेको छ । 


त्यस्तै एम्बुलेन् र शव बहान जस्ता अत्वश्यक सवारी साधानलाई तयारी अवस्थामा राख्न भनेको छ ।

एमाले रामेछापले जारी गरेको ध्यानाकर्षण पत्र हेर्नुहोस्