रामेछापका प्रहरी प्रमुख थिङ् सम्मानित

| कात्तिक १, २०७९ मंगलबार

A A A
A A A

१ कात्तिक, रामेछाप । रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ् सम्मानित भएका छन् । मंगलबार प्रदेश प्रहरीको कार्यालय हेटौडामा ६७ औँ प्रहरी दिवसको अवसरमा डिएसपी थिङ् सम्मानित भएका छन् ।

आज मंगलबार प्रदेश प्रहरी प्रमुख (डिआइजी) किरण बज्राचार्य नगद सहित प्रमाणपत्रले सम्मानित गरेको (डिएसपी) थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

करिब ८ महिना अगाडि जिल्ला आएका (डिएसपी) थिङ्ले जिल्ला प्रहरी कार्यालय सहित मातहतका निकायको सुधार, शान्ति, सुरक्षामा सक्रियता, फरार रहेका विभिन्न अपराधिहरुलाई पक्राउ  तथा नियन्त्रण गर्ने जस्ता काम गर्दै आएका छन् ।

 

 

डिएसपी थिङ्सहित जिल्ला ट्राफिक प्रमुख चन्द्रकुमार फाँजु श्रेष्ठ पनि सम्मानित भएका छन् ।