खानेपानीका इन्जिनियर नवराज सत्याल र ‘पलम्बर’ बखत बहादुर थापा २८ लाख घुषसहित पक्राउ

| कात्तिक २, २०७९ बुधबार

नवराज सत्याल ।
A A A
A A A

२ कात्तिक, रामेछाप । खानेपानी तथा सरसफाई डिभिजन नं ४, बागमती रामेछापका दुई कर्मचारी २८ लाख घुष सहित पक्राउ परेका छन् । 

 


पक्राउ पर्नेमा इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा हुन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए । 

 


उनीहरुलाई खानेपानी सम्बन्धी कामको भुक्तानी बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना÷ निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिईको टोलीले पक्राउ गरेको आयोजले जनाएको हो । 

 


उनीहरुलाई नगद चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाटै आज बुधबारै नियन्त्रणमा  लिई थप अनुसन्धान भइरहेको अख्तियारले भनेको छ । तर, सत्याललाई अहले प्रहरीले खानेपानीको कार्यालयबाट नियन्त्रण लिने प्रयास गरिरहेको जनाइएको छ ।