लक्ष्मी पूजाकाे दिन बाम्तिभण्डारमा आगाेलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट (तस्बिरसहित)

| कात्तिक ८, २०७९ मंगलबार

A A A
A A A

 

८ रामेछाप । रामेछापको बाम्तिभण्डार स्थित तार्जेमा गएराति एक घरमा आगाेलाग्दा जलेर नष्ट भएको छ । 


साेमबार राति लक्ष्मी पूजाकाे दिन उमाकुण्ड गाउँपालिका वडा नं २ स्थित तार्जेका स्थानीय रामबहादुर खड्काको घरमा बिजुली बत्तीकाे तार सर्ट भएर आगाेलागी भएको स्थानीय सूर्य बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

राति करिब ११ बजेतिर खड्काको ८ जना परिवार बसिरहेकाे घरमा आगाेलाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको बाम्ति प्रहरीले रामेछाप टाइम्सलाई बतायाे  । बिजुलीको तार सर्ट भएर आगाेलागि भएको देखिएकाे स्थानीयहरुकाे भनाइलाई उदृत गर्दै बाम्ति प्रहरीका एक अधिकारीले रामेछाप टाइम्सलाई बताए  ।

 

आगाे स्थानीय र प्रहरीकाे सक्रियतामा राति २ : ३० बजेकाे समयमा नियन्त्रणमा लिएकाे छ । धनधान्ययकी देवी लक्ष्मी भित्र्याउने बेला खड्काे एक घर जल्दा २८ लाख ७० हजार बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जानकारी जनाएकाे छ । घटनामा मानवीय एवं पशुचौपाएलाई भने केही भएको छैन् । 

 

तस्बिरहरु हेर्नुहोस्