बाम्तिभण्डारका आगोलागी पीडितलाई मनकारी स्थानीयहरुले गरे यती ठूलो आर्थिक सहयोग (नामावलीसहित)

| कात्तिक ८, २०७९ मंगलबार

A A A
A A A

८ कात्तिक, रामेछाप । गएराति लक्ष्मी पूजाको दिन बिजुलीको तार सर्ट भएर आगोलागी हुँदा घर जलेर नष्ट भएका बाम्तिभण्डार स्थित तार्जेका रामबहादुर खड्काको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । 


उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारका व्यापार व्यवसायीहरुले आगोलागी पीडित खड्काको परिवारलाई राहात स्वरुप स्वईच्छायले दिन चाहाने ब्यक्तिहरुबाट रकम संकलन गरेर मंगलबार आज एक लाख ५४ हजार रकम बुझाएको स्थानीय शाम्तेन शेर्पा लामाले जानकारी दिए ।

 

 

उनका अनुसार सोही वडाका अध्यक्ष खम्बधोज बस्नेतसहित टोली आगोलागी पीडितको घरमा पुगेर राहात रकम उपलब्ध गरिएको छ । गएराति करिब ११ बजेतिर खड्काको ८ जना परिवार बसिरहेको घरमा आगोलाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । 

 


आगो करिब राति ३ बजेको समयमा नियन्त्रणमा लिएको छ । आगोलागीमा मानवीय क्षती भएको छैन । आगोलागीबाट करिब २८ लाख ७० बहजार बढीको क्षती भएको रामेछाप प्रहरीले प्रारम्भीक अनुसन्धाबाट पत्ता लगाएको छ । 

 

सहयोगीहरुको नामावली हेर्नुहोस्