कैलाश ढुङ्गेल र शान्ति पौडेललाई गाउँमा ‘नो इन्ट्री’ भन्दै उमाकुण्डमा रित्तो गाग्रीले बाटो थुनेरबसे स्थानीय (भिडिओसहित)

| कात्तिक १७, २०७९ बिहिबार

A A A
A A A

१७ कात्तिक, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा नेकपा (एमाले) का उम्मेदवारलाई प्रवेश निषेध भन्दै स्थानीयले बाटो छेकेका छन् । २०७४ सालको निर्वाचनमा आफूहरूले चुनाव जिताएर पठाए पनि एक पटक पनि गाउँ फर्केर नआएको भन्दै यो पटकको निर्वाचनमा भोट माग्न वडामा आएमा उनीहरूको प्रवेश निषेध गरिएको स्थानीय हरिबहादुर सुनुवारले जानकारी दिए । 

 

 

तत्कालीन प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ ‘कुशल’, एमालेबाट प्रदेशका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेल र शान्तिप्रसाद पौडेललाई वडामा प्रवेश निषेध गरिएको सुनुवारले बताएका छन् । 

 

उनले उनीहरू वडामा प्रवेश गर्न सक्ने भन्दै रित्ता भाँडा, गाग्री र २०७४ सालमा उम्मेदवार बनेका श्रेष्ठ, ढुङ्गेल र पौडेलको फोटोसहितको चुनावी ब्यानर राखेर बाटो थुनिएको छ । साथै सुनुवारले आफूहरूले जिताएर पठाएपछि एक पटक पनि गाउँ नफर्किएपछि उनीहरूलाई ‘टर्च बालेर’ खोज्ने बेला भएको भन्दै ‘टर्च बाल्न’को लागि टर्च लिएर तयारी भएर बसेका छन् । 

 

 

तत्कालीन समयमा ‘कुशल’ले गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए । त्यस्तै प्रदेशमा ढुङ्गेल र पौडेलले चुनाव जितेका थिए । उनीहरू प्रदेशका मन्त्री समेत बने तर, भोट दिने मतदातालाई सम्झिएर नआएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन् । 

 

पौडेल र ढुङ्गेले अहिले पनि पौडेल प्रदेश सदस्यको लागि र ढुङ्गेल सङ्घीय संसद्को लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । उनीहरू अहिले भोट माग्दै जनताको घरदैलोमा छन् । 

 

एकीकृत समाजवादी पार्टी (एस) बाट प्रदेश सभाका उम्मेदवार बनेका रमेशकुमार बस्नेत सहितको टिम भोट माग्दै पुग्दै गर्दा बस्नेतको टिमलाई स्वागत गरेका सुनुवारले गाउँ नफर्किने स्वर्थी नेतालाई गाउँ प्रवेशमा रोक लगाउने भएका हुन् । 

 

भिडिओ हेर्नुहोस्  ।