उमाकुण्ड गाउँपालिकामा बाहिरबाट आउनेले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने (आदेशसहित)

| बैशाख २१, २०७८ मंगलबार

फाइल फोटो उमाकुण्ड गाउँपालिकाको कार्यालय प्रिती च्यादालु, रामेछाप
A A A
A A A

२१ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न ६ बुँदे आदेश जारी गरेको छ । 

 

 

मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले बाहिरबाट पालिका आउनेहरुलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेसनमा बस्नु पर्ने उल्लेख गरेको छ । 

 


पालिकाले मानिसको भिड्भाड् हुने कुनै पनि भेला, सेमिनार, गोष्टि, आयोजना नगर्न भनेको हो । उसले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन समेत भनेको छ । साथै मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ । 


पालिका भित्र संचालित् विकास निर्माणका साना, ठूला आयोजानहरुका काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । त्यहाँ बिद्यालयहरु यस अधिदेखिनै बन्द छन् ।

 

जिल्लाको मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिकाका निश्चित क्षेत्रहरुमा आगामी २७ गतेसम्मको लागि निषेधाज्ञा जारी छ । 

पालिकाले जारी गरेको आदेश तथा सूचना पढ्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार