प्रितीमा ट्याक्टर पल्टिदाँ एकको ज्यान गयो, गम्भीर घाइते एकलाई काठमाडौं पठाउने तयारी

| कात्तिक १९, २०७९ शनिबार

A A A
A A A

१९ कात्तिक, रामेछाप । रामेछापको प्रितीमा ट्याक्टर पल्टिदाँ ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । भने दुई जना सामान्य र एक जना गम्भीर घाइते भएका छन् । 

 

उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीको साविकको प्रितीको गाविसको चिलाउन संसारीडाँडा भन्ने ठाउँमा लिखु नदीमा लागेको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर रोकेर सामान झार्ने बेलामा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुवुवार (हुखी) को ज्यान गएको प्रितीबाट प्रहरी हावल्दार प्रसान्त तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


उनका अनुसार दुर्घटनामा परिचय नखुलेका अन्य केही  घरफर्किदै गरेका तीन जना घाइते भएका छन् । एक जनालाई उपचारको लागि काठमाडौं पठाउने तयारी भैरहेको छ । भने दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

 

ज्यान गुमाउने सुनुवार नेपाल तरुण दल उमाकुण्ड गाउपालिका वडा न ५  का अध्यक्ष समेत रहेको बताइएको छ । 

 

दुर्घटना स्थल हेर्नुहोस् तस्बिरमा ।