यस पटकको निर्वाचनमा रामेछापमा ५७ जना कैदी बन्दीले भोट हाल्ने

| कात्तिक २३, २०७९ बुधबार

सांकेतिक तस्विर ।
A A A
A A A

२३ कात्तिक, रामेछाप । रामेछापमा विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा र आरोप पुष्टि भएर जेल जीवन बिताउँदै आएका ५७ कैदी बन्दिले यस पटकको निर्वाचनमा मतदान गर्न पाउने पाउने भएका छन् ।

 

 

निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन गरेर अस्थायी मतदान केन्द्र समेत खडा गरी आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि कैदी बन्दीको पनि मताधिकारको सम्मान गर्दै प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक तर्फ भोट हाल्न पाउने व्यवस्था गरेपछि रामेछाप कारागारमा रहेका दुई जना महिला सहित ५७ जना कैदी बन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘यस पटक कैद भुक्तान गर्दै आएका ५७ जनाले मतदान गर्दै छन् । उनीहरूको लागि एउटा अस्थायी मतदान केन्द्र रामेछाप बजारमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि रहने छ ।’ 

 

हाल जिल्ला कारागारमा तीन सय भन्दा बढी कैदी बन्दी रहेका छन् । जसमध्येमा फोटो सहितको मतदाता नामावलीमा नाम भएका ५७ जनाले मतदान गर्न पाउने भएका हुन् । 

 

 

निर्वाचनमा नखटिने कर्मचारीहरूको लागि मन्थली स्थित सघन सहरी विकास कार्यालय मन्थलीमा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर सञ्जय भण्डारीले रामेछाप टाइम्सलाई बताए । 

 

फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरूले आफू रहेकै ठाउँबाट मतदान गर्न पाउने व्यवस्था भए अनुसार उनीहरूले मतदान गर्न पाउने भएका हुन् ।

 

एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यको लागि ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्रमा एक लाख ८३ हजार ३०९ जना मतदाताले भोट हाल्दै छन् ।