गाडी दुर्घटनामा परेपछि पीडित माझीको परिवारमा सहकारी र इन्सुरेन्सले ल्याइदिए खुसीयाली : पाए यती ठूलो आर्थिक सहयोग

| कात्तिक २३, २०७९ बुधबार

पीडितलाई चेक हस्तान्तरण गर्दै इन्सुरेन्सका प्रमुख र सहकारीका प्रमुख । तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स ।
A A A
A A A

२३ कात्तिक, रामेछाप । गाडी दुर्घटनामा परेर पीडित रहेको मन्थलीको भलुवाजोर स्थित एक परिवारमा इन्सुरेन्स कम्पनी र सहकारीले खुसीयाली ल्याइदिएका छन् । 

 

 

केही समय अगाडि नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीबाट ऋण लिएर मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका कलमान माझीले महेन्द्र निसान गाडी लिएका थिए ।

 

 

ना ७ ख २९७५ नम्बरको गाडी सोही वडामा दुर्घटनामा परेपछि माझीको परिवार पीडित भएको थियो । तर, माझीको पीडामा आज बुधवार नवजागरण बचत तथा ऋण सहकारी संस्था र सगरमाथा इन्सुरेन्स कम्पनी शाखा कार्यालय मन्थलीले मलम लगाउने काम गरेका छन् ।

 

उनीहरूले संयुक्त प्रयासमा गाडीको इन्सुरेन्स बापतको रकम उपलब्ध गरेका हुन् । गाडीका धनी कलमान माझीलाई नगद १६ लाख ५ हजारको चेक सहकारीका व्यवस्थापक रमेश उदाश र इन्सुरेन्स शाखा प्रमुख हेमन्त पौडेलले नवजागरण बचत तथा ऋण सहकारीको कार्यालयमा हस्तान्तरण गरेका हुन् । 

 

पछिल्लो समय विभिन्न दुर्घटनामा ठुलो क्षति हुने तर, इन्सुरेन्स गरेमा त्यो क्षतिबाट राहात केही भए पनि मिल्ने काममा आफूहरू लागेको इन्सुरेन्स शाखाका प्रमुख पौडेलले बताए । उनले जिल्ला शाखा कार्यालयले सम्पूर्ण व्यापारिक क्षेत्र अर्थात् धनसम्पतीको बिमा गरिदिने जानकारी गराए । ठुलो धनराशि गुमाएर पीडित हुनु पर्ने पक्षबाट मुक्त हुनलाई हरेकले आफ्नो सम्पत्तिको बिमा गर्नु पर्ने उनको भनाई छ । 

 

त्यस्तै सहकारीका व्यवस्थापक उदासले यो सहकारीले आफ्ना सदस्यमा परेको अप्ठ्यारोहरूलाई सँगै हातेमालो गरेर काम गर्ने प्रतिबद्धता जनाए । कुशल व्यवस्थापकको रूपमा परिचित उदासले नवजागरणले आफूसँग जोडिएकाहरूमाथि पर्ने आर्थिक समस्यालाई समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।