नवजागरण सहकारीको जगेडा कोष प्रदेशकै उत्कृष्ठ, संरक्षित पुँजी जिल्लाकै पहिलो, सदस्यलाई बाँड्यो करिब २५ लाख रुपैयाँ

| कात्तिक २५, २०७९ शुक्रबार

कार्यक्रमलाई सम्बोधन गर्दे मञ्चमा अध्यक्ष श्याम थापा ।
A A A
A A A

२५ कात्तिक,रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली रामेछापले ‘कोषहरू बाँडफाँड तथा संरक्षित पुँजी फिर्ता कोषबाट’ रकम वितरण गरेको छ । 

 

 

सहकारीको सचिवालयमा आज शुक्रवार संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा रामेछाप जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आाथित्यमा सहकारीका सदस्य ८ हजार २ सय ३३ जनालाई संस्थाले निर्धारण गरेको नीति अनुसार र कारोबारको आधारमा पुँजी फिर्ता गरिएको संस्थाका सचिव शोमेश थापाले जानकारी दिए । 

 

 

आर्थिक वर्ष ०७८÷०७९ को नाफाबाट छुटिएको संरक्षित पुँजी फिर्ता कोष बापतको रकम सबै भन्दा बढी प्राप्त गर्ने ३ जनालाई सोही कार्यक्रममा चेक हस्तान्तरण गरिएको छ । भने, बाँकी रहेका ८ हजार २ सय ३० जनाको रकम भने संस्थाले सिधै सदस्यको खातामा जम्मा गरेको सचिव थापाले जानकारी गराए । यसरी सहकारीबाट सबै बन्दा राम्रो कारोबार गरी पुँजी लिनेमा सदस्य झगरुक दाश रहेका छन् । 

 

 

उनले नगद ३० हजार ३७२ रुपैयाँ, दोस्रो रूपमा अबोध झाले २६ हजार ७६० र तेस्रो राकेश गुप्ताले २४ हजार २७३ रुपैयाँको चेक जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले हस्तान्तरण गरे ।

प्रथम रुपमा झगरु दाशप्रथम रुपमा चेक लिदै झगरु दाश हस्तान्तरण गर्दै हिमाल ढुङ्गेल ।

यसरी सहकारीले आफ्ना सदस्यहरूलाई कूल २४ लाख ८१ हजार ५३७.९९ पैसा रकम बाँडेको सचिव थापाले जानकारी दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले यो विषय रामेछापका सहकारीहरूको लागि शिक्षाको रूपमा ग्रहण गर्नु पर्ने बताए । 

 

नवजागरण सहकारी जिल्लाकै नमुना सहकारी रहेकोमा बधाई दिँदै आगामी दिनमा सदस्यहरूको हितको लागि थप काम गर्न आग्रह गरे । अध्यक्ष ढुङ्गेलले यस सहकारीबाट लिएको शिक्षा जिल्लाका अन्य सहकारीहरूले पनि लागू गर्न सके सहकारीहरूको क्षेत्र बढ्ने विश्वास व्यक्त गरे । 

 

 

संस्थाका अध्यक्ष श्याम थापाले यस सहकारी संरक्षित पुँजीको तुलनामा जिल्लाकै पहिलो भएको बताए । त्यस्तै जगेडा कोषको १० प्रतिशत हुनु पर्नेमा यो सहकारी बागमती प्रदेशकै भरिकै उत्कृष्ट भएको पनि बताए । 

चेक हस्तान्तरण कार्यक्रम संचालन गर्दै सचिव शोमेश थापा  ।

 

विगतमा बैङ्कहरूले सेवा र नाफा मुखी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष थापाले सहकारीहरूको अभियान गाउँ गाउँ पुगेपछि उनीहरू पनि गाउँ पस्न बाध्य भएको दाबी गरे । 

 

उनले सहकारीहरूले जनताको पसिनाको सम्मान गर्दै उत्पादनशील क्षेत्रमा लगाउने भएकाले थप सहकार्य सहकारीहरूमा बढाउन सबैले भूमिका खेल्नु पर्नेमा उनको आग्रह छ । 

 

 

हाल मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी र लिखु तामाकोसी गाउँपालिकाका ३९ वटा वडाहरूमा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सहकारी सफलताको बाटोमा आगाडी बढ्दै गरेको सहकारी अभियान्ताहरु बत्ताउँछन् । 

 

हाल ४,५१,३२७०० शेयर पुँजी रहेको सहकारीमा ४३,२९,१४,९३१, ऋण लगानी ३९,४६,०३,३५१, जगेडा कोष ५,९६,५१,५२१, अन्य कोष ९८,०४,२३४ र ऋण सुरक्षा कोष जम्मा २,३०,२५,४७२ रहेको सहकारीले जनाएको छ । 

 

भिडिओमा हेर्नुहोस् 

२०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरूको सक्रियतामा मासिक १० रुपैयाँ बचत गर्ने गरी स्थापना भएको उक्त सहकारीले २४ औँ वर्षमा आइपुग्दा कूल एक करोड ५७ लाख बढी नाफा मात्रै आर्जन गरेको छ । 

 

यो सहकारी ५१ औँ राष्ट्रिय सहकारी दिवस २०६५ को अवसरमा डिभिजन सहकारी कार्यालय दोलखाले आफ्नो प्रादेशिक क्षेत्र अन्तर्गतका सहकारी संघ सस्थाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भइसकेको छ । 

 

त्यस्तै ५७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाका सचिव सोमेश थापालाई उत्कृष्ट सञ्चालकको रूपमा प्रशंसा पत्र प्रदान गरेको थियो ।  साथै आन्तरिक राजश्व कार्यालयले रामेछाप जिल्लाभरमा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा आ.व. २०७२÷०७३ मा यस संस्थालाई सम्मान गरेको थियो । 

 

नेफ्स्कुनको ३२ औँ स्थापना दिवसको अवसरमा २०७६ साल साउन ३२ गते बागमती प्रदेश स्तरीय उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मानित भएको थियो ।  त्यस्तै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घले २०७९ को साधारण सभाबाट सम्मानित भएको छ । 

 

सहकारीको मूल्य मान्यतामा कार्यसम्पादन गरिरहेको नवजागरणलाई २०७६ सालमा नेपाल सरकार, सहकारी विभाग र नेफ्स्कुन मार्फत नेपाल गुणस्तर (प्रोबेसन) ब्रान्ड प्राप्त गर्ने जिल्लाको पहिलो संस्था बनेसँगै २०७७ सालमा पनि नेफ्स्कुन मार्फत नेपाल गुणस्तर (प्रोबेसन) ब्रान्ड निरन्तरता दिएको छ ।

 

 

हाल संस्था नेफ्स्कुन मार्फत सञ्चालित एसियाली स्तरको एक्सेस कार्यक्रममा सहभागी भइरहेको सहकारीले जनाएको छ ।